arrow

प्रचण्डलाई स्पष्टीकरण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २७ मंगलबार
prachanda-20791.jpg
तस्बिर– फाइल

काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । केही दिनअघि सत्ता गठबन्धनले भरतपुर महानगरमा आयोजना गरेको चुनावी सभामा रेणु दाहाललाई निर्वाचित नगराए देश दुर्घटना पर्छ भनी दिएको अभिव्यक्तिमाथि आयोगले स्पष्टीकरण सोधेको हो । 

 प्रचण्डले आम मतदातालाई धम्क्याउने उद्देश्यले प्रेरित भई आपत्तिजनक अभिव्यक्ति दिएको पत्रमा उल्लेख गरिएको छ ।  आयोगले पत्र प्राप्त भएको २४ घण्टाभित्र स्पष्टिकरण बुझाउन निर्देशन दिएको छ ।

ुमाओवादी केन्द्रको अध्यक्षले आफ्नो दलको चुनाव चिह्नमा भोट हालिँदैन भन्यो भने देश दु्र्घटनामा भन्नुको अन्तरनिहित मनशाय के होरुु आयोगले प्रचण्डलाई सोधेको स्पष्टीकरणमा भनिएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ