arrow

चुनावमा गाउँ फर्कनेको लर्को, दशैंकै झल्को, धेरैको टिकट ‘फ्री’

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २८ बुधबार
vehicle-jadibuti-bheed.jpg

काठमाडौं । स्थानीय तहको निर्वाचन यही शुक्रबार हुँदैछ । देशभर एकैपटक हुन लागेको निर्वाचनका लागि मतदान गर्न मतदाताहरु निश्चित पालिकामा पुग्ने क्रम चलिरहेको छ । 

सोही क्रममा काठमाडौंबाट बाहिरिनेको संख्या बाक्लिएको छ । मंगलबार मध्यरातदेखि मौनअवधि पनि शुरु भएको छ । मौनअवधि लागेपछि प्रचारप्रसार गर्न पाइँदैन । 

तर मतदाता भने आफ्नो मतदान स्थलमा जान पाइन्छ । त्यसकै लागि मतदाताहरु धमाधम आफ्नो क्षेत्रमा पुग्न थालेका छन् । काठमाडौंबाट बाहिरिनेको स्थिति हेर्दा ठ्याक्कै दशैंको झल्को आएको छ । 

मुख्य नाकाहरुमा यात्रुको भीड रहेको छ । फरक यत्ति छ कि दशैंमा महंगोमा टिकट काटेर घर जानुपर्ने हुन्छ । यसपालि धेरैजसोको टिकट भने ‘फ्री’ रहेको पाइएको छ । 

हाम्राकुरा टिमले बुधबार बिहान जडिबुटी क्षेत्रबाट बाहिरिँदै गरेका यात्रुहरुसँग कुरा गर्दा धेरैजसोको गाडी रिजर्भ रहेको थियो । 

विभिन्न पालिकामा जाँदा विभिन्न पार्टीले गाडी रिजर्भ गरिदिने गरेको पाइएको छ । त्यस्तै कोही भने एकै क्षेत्रकाले आफैले गाडी रिजर्भ गरेर पनि लिएर गएको पाइएको छ । 

त्यसैगरी कोही भने स्वतः स्फूर्त रुपमा आफैले टिकट काटेरसमेत गएका छन् । गाडी धेरै रिजर्भ हुने भएकाले टिकट भने पाउन मुस्किल रहेकोसमेत बताइएको छ । 

एक यात्रुले भने, ‘सब्बै गाडी रिजर्भ रेछन् टिकट त पाउनै गाह्रो भयो ।’ तीन चार यो साता लागेदेखि नै रिजर्भ जानेको भीड बढेको हो । 

निर्वाचन आयोगले बिहीबारसम्म सार्वजनिक यातायात संचालन गर्न पाउने भनेको छ । शुक्रबार भने मतदानकै दिन रहेकाले मतदानको समय साँझ ५ बजेसम्म यातायातका साधन चलाउन पाइँदैन । 

उपत्यकाबाट बाहिरिने क्रममा बिहान अधिकांश नाकामा चाप भएको भए पनि त्यो चाप विस्तारै घटेको छ । तर कोटेश्वर क्षेत्रमा भने चाप अझै जारी रहेको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । 

दशैंका बेलामा पनि यसरी नै चाप हुने गरेको थियो । 

नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले विचार चार पाँच दिनदेखि अत्यधिक मात्रामा यात्रुहरु उपत्यकाबाट बाहिरिएको बताए । उनले अहिलेसम्म ११ लाखको हाराहारीमा यात्रु बाहिरिएको जानकारी दिए । 

उनले बुधबार साँझसम्म नै चाप भइरहने बताए । लामो र मध्यम दूरीका सवारीहरु बुधबारै जाने र छोटो दूरीका लागि बिहीबार पनि सवारी चल्ने बताए । 

उनले रिजर्भ गाडी पनि अत्यधिक नै रहेको बताए । उनले भने, ‘रिजर्भ गाडी पनि धेरै नै छन् । साना गाडीहरु पनि रिजर्भ गरेर लगिएको छ । अत्यन्त उत्साह छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ