arrow

हप्ता दिन विद्यालय बन्द रहने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २८ बुधबार
Public_school.jpeg

काठमाडौं ।  स्थानीय तह निर्वाचनका लागि करिब एक हप्ता विद्यालय बन्द हुने भएको छ ।  निर्वाचन  र अन्य सार्वजनिक बिदा कारण विद्यालय ६ दिन सम्म बन्द हुने भएको हो । 

शुक्रवार हुने स्थानीय तह निर्वाचनको लागि आज बुधवारदेखि विद्यालय बन्द भएका छन् ।  धेरैजसो विद्यालयहरूमा मतदान केन्द्र राखिएको छ । शिक्षकहरू निर्वाचनमा खटिएकाले पनि आजबाट विद्यालयहरू बन्द गरिएको छ ।

नेपाल सरकाले भने निर्वाचनका दिन  ३० गते सार्वजनिक बिदा दिएको छ ।  ३१ गते शनिवार परेको छ भने १ गते आइतबार पनि बिदा हुने भएको छ । 

जेष्ठ १ देखि शनिवार र आइतबार हप्तामा दुई दिन बिदा दिने सरकारले निर्णय गरेको छ । जेठ २ गते सोमबार बुद्ध जयन्तीमा पनि सार्वजनिक बिदा परेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ