arrow

चुनावको मुखमा बस दुर्घटना, कम्तीमा २५ जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २९ बिहिबार
accident-final-1618290232.jpg

धनगढी । डोटीको पूर्वीचौकी गाउँपालिका ४ सानागाउँमा बस दुर्घटना हुँदा कम्तीमा २५ जना घाइते भएका छन् । कैलालीको धनगढीबाट बाजुराका लागि छुटेको सुपप्र ०१ ००१ ख ३१०८ नम्बरकोबस बिहीबार बिहान दुर्घटनामा परेको हो । 

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी भोलाप्रसाद भट्टका अनुसार घाइतेमध्ये पाँच जनालाई अस्पताल पुर्‍याइएको छ । कम्तीमा २५ जना घाइते भएको र अन्यलाई पनि अस्पताल ल्याउन थालिएको भट्टले बताए । 

दुर्घटनाको कारण खुल्न सकेको छैन । स्थानीय तहको निर्वाचनको मुखमा दुर्घटना भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ