मुगु। मुगुको खत्याड गाउँपालिका -८ सुकाढिक गाउँका तीन दाजुभाइले आमाको किरिया बसेका बेला मतदान गरेका छन्। आमाको मृत्यु भएको ७ दिन पुगेका उनीहरू १ घण्टा उकालो बाटो हिँडेर मतदान गरेका हुन।
उनीहरूले खत्याड गाउँपालिका-८ आम गाउँमा रहेको श्री सरस्वती आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन्।
किरिया बस्ने दाजुभाइमा खत्याड गाउँपालिका-८ सुकाढीक गाउँका ५६ वर्षीया कविराज कार्की, माइला भाइ वीरबहादुर कार्की र जयसुर कार्कीले करिब साढे ८ बजेतिर मतदान गरेका हुन्।
जेठा दाइ कविराज कार्की नेपाल टेलिभिजन मुगुका जिल्ला संवाददाता हुन्। पाँच वर्षमा एक पटक आउने स्थानीय तहका जनप्रतिनिधि छनोट गर्न राम्रा मान्छेलाई चुन्नु पर्ने भएकोले आफ्नो अमूल्य मतदान गर्न आएको कविराजले बताए।