arrow

झापामा धमाधम मतदान, २३ प्रतिशत मत खस्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
local-election-vote-2079.jpg
फाइल तस्बिर

झापा। झापामा उत्साहजनक सहभागितामा मतदान भइरहेको छ। जिल्लाका २८६ मतदान स्थलमा रहेको ७५५ मतदान केन्द्रबाट धमाधम मतदान भइरहेको छ।

जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार बिहान १० बजेसम्म एक लाख ४२  हजार मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए। यो कुल मतदाताको २३ प्रतिशत हो। झापामा आज ६८४ पदको लागि निर्वाचन भइरहेको छ।

झापामा यसअघि कचनकवलमा एक जना दलित महिला वडा सदस्य निर्विरोध निर्वाचित भएका कारण आज ६८४ पदमा निर्वाचन भइरहेको हो।

नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा वडा सदस्यसहित ६८४ पदका लागि दुई हजार ७८७ जना चुनावी मैदानमा रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ।

झापामा २८६ वटा मतदान स्थल र ७५५ मतदान केन्द्रमा धमाधम मतदान भइरहेको छ। बिहानैबाट मतदान स्थलमा मतदाताको  भिड लागेको छ।

मतदान स्थलमा मतदाताको उत्साहजनक सहभागिता रहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले जानकारी दिए। ६ लाख ४६ हजार २३४ जना मतदाता रहेको झापामा ८२ प्रतिशत मत खस्ने अनुमान गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ