arrow

डा शेखर कोइराला भन्छन् – निर्वाचन परिणामले गठबन्धनको एकतामा असर पार्दैन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
shekhar-koirala-vote-2079.jpg

मोरङ । नेपाली  कांग्रेसका नेता डा शेखर कोइरालाले स्थानीय तहको निर्वाचनको परिणामले  गठबन्धन दलहरुको एकतामा कुनै असर नपार्ने बताएका छन् । आदर्श मावि मतदान केन्द्रमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचन परिणाम जस्तोसुकै आएपनि गठबन्धन दलहरुको बीचको एकता नटुट्ने प्रष्ट पारे । 
    
नेता कोइरालाले निर्वाचन परिणामपछि गठबन्धन दलहरुबीच समीक्षा गरी सोही अनुसार पार्टी अगाडि बढ्ने धारणा व्यक्त गरे । अहिलेको निर्वाचन नगर र ग्रामीण क्षेत्रको   विकासका लागि भएकाले यसलाई दलहरुले प्रतिष्ठाको विषय बनाउन नहुने बताउँदै नेता कोइरालाले सङ्घ र प्रदेशको निर्वाचन  राजनीतिक महत्वको हुने भए पनि पालिका निर्वाचन विशुद्ध विकास निर्माणकार्यमा केन्द्रित हुने उल्लेख गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ