arrow

मतदानको क्रम उत्तरार्धतिर, साँझबाट मतगणना हुने, ११ जिल्लाका १३ केन्द्रमा मतदान अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
local-level-vote-2079.jpg

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत मतदान कार्य सकिएपछि आजै साँझबाट मतगणना शुरु हुने भएको छ । साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइने र मतदानकार्य सम्पन्न भइसकेपछि मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षितरुपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफललगत्तै आजै मत गणनाकार्य शुरु हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
 
बिहान ७ बजेदेखि शुरु भएको मतदानमा छिटपुट घटनाबाहेक समग्रमा शान्तिपूर्ण र उत्साहपूर्वक मतदानकार्य भइरहेको जनाइएको छ । मुलुकभर ७५३ पालिकामध्ये कपिलवस्तुको एक पालिकाबाहेक सबै पालिकाका २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भइरहेको छ । 

दोलखा, सर्लाही, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदानकार्य अवरुद्ध भएकामा सञ्चालन गर्ने प्रयास भइरहेको आयोगले जनाएको छ ।

विभिन्न ११ जिल्लाका १३ मतदान स्थलमा मतदान अवरुद्ध भएको छ । आज १२ जिल्लामा झडप भएको केन्द्रीय प्रहरी सुरक्षा संयन्त्रले जानकारी दिएको छ ।  

सर्वदलीय बैठक बसेर अवरुद्ध रहेका स्थानमा मतदान प्रक्रिया थाल्ने प्रयास भइरहेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ