arrow

धनगढी उपमहानगरमा आँप चिन्हका हमाल अगाडि, कांग्रेसमा वड पछाडि, एमालेको उपस्थितिमात्र 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
280116670_513826550422355_6192261265624786069_n.jpg

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले ५५ मत प्राप्त गरी शुरुआती अग्रता लिएका छन् । सोही पदमा सत्ता साझेदार नेपाली कांग्रेसका नृपबहादुर वडले २२ र एमालेका रणबहादुर चन्दले दुई मत पाएका छन् । वडा नं १ को अध्यक्षमा भने नेपाली कांग्रेसका उम्मेदवार अगाडि छन् । 

उपप्रमुखमा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले ४० र नेकपा एमालेकी कन्दकला रानाथारुले १० मत पाएका छन् । मध्याह्नदेखि सुरु भएको मतगणनामा वडा नं १ को १०० मत गणना हुँदा २१ मत बदर भएको छ । उपमहानगरपालिका कार्यालय परिसरको नवनिर्मित भवनमा मतगणना कार्य भइरहेको छ ।

यसैगरी गोदावरी नगरपालिमा नेपाली कांग्रेस, बर्दगोरिया गाउँपालिकामा एमाले, घोडाघोडी नगरपालिका र चुरे गाउँपालिकामा नेकपा एकीकृत समाजवादी, कैलारी गाउँपालिकाको प्रमुख–अध्यक्षमा राप्रपाका प्रत्यासी अगाडि छन् ।  

टीकापुर र भजनी नगरपालिका तथा जानकी गाउँपालिकामा भने नागरिक उन्मुक्ति पार्टीका प्रमुख अगाडि हुनुहुन्छ । टीकापुर घटनामा दोषी ठहर भएका रेशमलाल चौधरीकी पत्नीको नेतृत्वमा उक्त  पार्टी केही महिनाअघि मात्रै गठन गरिएको थियो । 

जिल्लाको मोहन्याल गाउँपालिकाबाहेक सबै १२ पालिकामा निर्वाचनको मतगणना जारी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ