arrow

डोटीका छ वडाको अन्तिम परिणाम आयो, कांग्रेस र एमालेले बाँडे बराबर 

logo
प्रकाश बम, 
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
Congress-UML_Election.jpg

डोटी । डोटी जिल्लाका विभिन्न गाउँपालिकाका छ वटा वडाहरुको अन्तिम मत परीणाम सार्वजनिक भएको छ । प्राप्त मत परिणाम अनुसार विभिन्न तीन वटा वडामा नेकपा (एमाले) र तीन वडामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन कार्यालय डोटीका अनुसार आदर्श गाउँपालिका ७ मा नेपाली कांग्रेसका उमेदवार लाल बहादुर विष्ट, बडीकेदार गाउँपालिका ३ मा कांग्रेसका उमेदवार रामबहादुर गुरुङ्ग र बोगटान फुड्सिल गाउँपालिका २ मा भरतबहादुर बम विजयी भएका हुन् । 

त्यस्तै, बोगटान फुड्सिल गाउँपालिका १ मा नेकपा एमालेका उम्मेदवार खेमबहादुर घर्तीमगर, जोरायल गाउँपालिका–१ मा एमालेकै उम्मेदवार जगतबहादुर मल्ल विजयी भएका छन् । 

बडीकेदार गाउँपालिका ५ मा एमाले उमेदवार पदम सिंह बोहरा विजयी भएका छन् । सबै वडाध्यक्षहरु प्यानलसहित विजयी भएका हुन् ।

नौ स्थानीय तह रहेको डोटी जिल्लामा विभिन्न राजनितिक दल र स्वतन्त्र गरेर प्रमुख पदमा ३६ जना र उपप्रमुख पदमा २९ जना चुनावी मैदानमा छन् । जिल्लाका आदर्श, बोगटान फुड्सिल, बडीकेदार, जोरायल र पूर्वीचौकी गाउँपालिकामा मतगणना भइरहेको छ ।

प्रारम्भिक मत परिणाम अनुसार डोटीको पूर्वीचौकी, बडीकेदार, बोगटान फुड्सिल र आदर्श गाउँपालिकामा नेपाली कांग्रेसको अग्रता रहेको छ । जोरायल गाउँपालिकामा एमालेको अग्रता रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ