arrow

८५ केन्द्रमा मतदान स्थगन, लुम्बिनी बाहेक सबै प्रदेशमा स्थगन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
election-commission167.jpg

काठमाडौं । यही बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्थगन हुने मतदान केन्द्रको सङ्ख्या ८५ पुगेको छ । निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा शनिबार साँझसम्म प्राप्त विवरणानुसार लुम्बिनी प्रदेशबाहेक छ वटा प्रदेशका १७ जिल्लाका ४४ मतदानस्थलका गरी ८५ केन्द्रमा मतदान स्थगन भएको हो । 

तीमध्ये कतिपयमा पुनः निर्वाचनको मिति तोकिएको छ भने अन्यमा निर्णय भइसकेको छैन । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पुनः निर्वाचनको मिति तय गर्नुपूर्व स्थगन हुने कारण विश्लेषण, निर्वाचन सामग्रीको भण्डारण, सुरक्षा स्थितिको आङ्कलन गर्न भनिएको बताए । 

कतिपय मतदानस्थलमा देखिएको विवाद मिलाउन आयोगबाट टोली पनि जाने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ