arrow

धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार हमाल अगाडि, कांग्रेसका वड पछाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
Screenshot 2022-05-14 221330.jpg

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा जारी मतगणनाको पछिल्लो परिणामअनुसार प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायम राखेका छन् । 

साँझसम्म उपमहानगर १ को ६५३ मतको गणना हुँदा प्रमुखमा हमालले २७८ मत पाएका छन् । उनलाई सत्ता साझेदार दल नेपाली कांग्रेसका प्रमुखका प्रत्याशी नृपबहादुर वडले २०१ मतसहित पछ्याइरहेका छन् । 

तेस्रोमा नेकपा एमालेका रणबहादुर चन्दले ४८ मत पाएका छन् । उपप्रमुखमा सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) की शान्ति अधिकारीले ११८ मत प्राप्त गरेकी छिन् । उनलाई उपप्रमुखमा स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ८९ मतसहित पछ्याइरहेका छन् । उपप्रमुखकी एमाले प्रत्याशी कन्दकला रानाथारूले ७६ मत प्राप्त गरेकी छिन् ।  

शनिबार मध्याह्नदेखि शुरु भएको उमहानगरपालिकाको मतगणनामा बदर मतको सङ्ख्या बढ्दै गएको देखिएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५५३ सदर मतमा १०० मत बदर भएको छ ।

चुरे गाउँपालिकाको प्रमुखमा सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका लोकबहादुर सारु १८८ मतसहित अग्रता लिइरहेका छन् । उपप्रमुखमा नेपाली कांग्रेसकी धनाकुमारी थापाले १८३ मत प्राप्त गरेकी छिन् ।  

नेकपा एमालेका चक्र बोगटीले १३६ मतसहित सत्ता साझेदार दलका प्रमुखका प्रत्याशीलाई पछ्याइरहेका छन् । उपप्रमुखमा एमालेकै दीपादेवी साउदले १३४ मत प्राप्त गरेकी निर्वाचन अधिकृत राईभान कुञ्जेडाले जानकारी दिए । 

शुरुआती चरणको मतगणनामा कैलाली जिल्लाका गोदावरी, गौरीगङ्गा, घोडाघोडी र लम्की चुहा नगरपालिका तथा चुरे र जानकी गाउँपालिकामा सत्ता साझेदार दलका प्रमुखका प्रत्याशीले अग्रता लिइरहेका छन् ।  

कैलारी गाउँपालिकाको प्रमुखमा राप्रपा, बर्दगोरिया गाउँपालिकाको प्रमुखमा एमाले र भजनी, टीकापुर नगरपालिकाको प्रमुखमा नागरिक उन्मुक्ति पार्टीका प्रत्याशी प्रारम्भिक मतगणनामा अगाडि छन् । 

टीकापुर घटनामा दोषी ठहर भएका रेशमलाल चौधरीकी पत्नीको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी केही महिनाअघि मात्रै गठन गरिएको थियो । भौगोलिकरूपमा विकट जिल्लाको मोहन्याल गाउँपालिकाका विभिन्न मतदान केन्द्रका मतपेटिका भने शनिबार मतगणनास्थलसम्म पुर्याउने काम भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ