arrow

लोसपा र एकीकृत समाजवादी कमजोर 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १ आइतबार
local-level-election-2079.jpg

काठमाडौं । स्थानीय तहको निर्वाचनको प्रारम्भिक परिणाम अनुसार लोकतान्त्रिक समाजवादी पार्टी लोसपा र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) तुलनात्मक रुपमा कमजोर देखिएका छन् । 

यी दुई पार्टी मूल पार्टीबाट एकै दिन फुटेका हुन् । सरकारले पार्टी विभाजन गर्न सजिलो हुने गरी अध्यादेश ल्याएपछि लोसपा र नेकपा (एस) ले गत भदौ १ गते निर्वाचनमा पार्टी दर्ताका लागि निवेदन दिएका थिए । त्यसको ९ दिनपछि आयोगले लोसपा र नेकपा (एस) लाई पार्टीको रुपमा मान्यता दिएको थियो । 

स्थानीय तहको प्रारम्भिक परिणाम अनुसार यी दुई पार्टीको उल्लेखनीय प्रगति भएको देखिन्न । नेकपा (एस) उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवदी पार्टीभन्दा सानो हुने संकेत देखिएको छ । लोसपाले अहिलेसम्म एक ठाउँमा पनि प्रमुख पद जित्न सकेको छैन । 

६ वटा स्थानीय तहमामात्र लोसपा अघि छ । लोसपाका शीर्ष नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, अनिल झाको गृहनगरमै लोसपा कमजोर देखिएको छ । 

२०७४ को निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी २५ वटा स्थानीय तहका प्रमुख पदमा विजयी भएको थियो । जसपाका धेरैजसो नेताहरु अहिले लोसपामा छन् । 

अहिले लोसपाका नेताहरुले २५ स्थानीय तह भन्दा बढी जित्ने लक्ष्य बनाएको थियो । तर उनीहरुको लक्ष्य पूरा हुने अवस्था छैन । 
नेकपा (एस) ले २ वटा स्थानीय तह जितेको छ । यसबाहेक १२ वटा स्थानीय तहमा मात्र  नेकपा (एस) अगाडि छ । अग्रताको हिसाबबाट नेकपा (एस) भन्दा जसपा अघि देखिएको छ ।

जसपा अहिलेसम्म  ३६ वटा स्थानीय तहमा अगाडि देखिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ