arrow

युक्रेन युद्धमा अमेरिकी गुप्तचरको संलग्नताले सीमा नाघेकाे हाे ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १ आइतबार
russia-ukraine-war-us-intellegence.jpg

काठमाडौं । करिब दुई महिना लामो रुसको क्रुर आक्रमणलाई रोक्न आफ्नो रक्षा बजेट भन्दा दश गुणा बढी रहेको महाशक्तिलाई रोक्ने प्रयास युक्रेनले अनवरत गरिरहेको छ ।

सन् २०१४ मा शुरु भएको रुस युक्रेन युद्धयता नेटो र अमेरिकाले युक्रेनलाई गरिरहेको समर्थन, प्रदान गरिरहेको प्रशिक्षण र सैन्य सहायता गोप्य छैन ।

हालको युद्धमा पनि अमेरिका र नेटोले गरेको हतियारको ढुवानीले युक्रेनको सशस्त्र सेनाको सफलतामा मद्दत पुर्याएको छ । युक्रेनी सेनाको सफलतालाई गत अप्रिल १४ मा रुसी मिसाइल क्रूजर ‘मोस्कभा’ लाई ब्ल्याक सीमा डुबाइदिएपछि झनै बढ्यो । दोस्रो विश्वयुद्धपछि डुबेको रुसको सबैभन्दा ठूलो पानी जहाज थियो मोस्कभा ।

युक्रेनले युद्धपोतमा दुईवटा एन्टी शिप मिसाइल प्रहार गरेको बताएको छ । तर, क्रेमलिनले जहाजमा विस्फोट र आगो लागेको कारण डुबेको बताएको छ ।

मोस्कभा डुब्नु अमेरिकी गुप्तचरको संलग्नताको कथित उदाहरण बनेको छ । अमेरिकी दैनिक द न्यु योर्क टाइम्समा टिप्पणी गर्दै वरिष्ठ अमेरिकी अधिकारीहरूले पनि दाबी गरेका थिए कि अमेरिकाले युक्रेनीहरूलाई जानकारी प्रदान गरिरहेको थियो । जसले युक्रेनी सेनालाई रुसी जनरलहरू लक्षित गर्दै मार्ने अनुमति दिइरहेको थियो । तर पेन्टागनले पछि यो कुरा अस्वीकार गरेको थियो ।

मोस्कभा डुब्नु र रुसी जनरल मार्न अमेरिकी गुप्तचरको संलग्नता भन्ने कुराको चुहावटले डेमोक्र्याटिक राष्ट्रपति जो बिडेन वास्तवमै युद्ध विरोधी, थप संयमित दृष्टिकोणको विशेषता र नरम विदेश नीतिको पक्षमा उभिएको छ भन्ने कुरामा शंका उत्पन्न गराएको छ ।

खुफिया साझेदारीले युद्धलाई कत्तिको असर गरिरहेको छ ?

ह्वाइट हाउसले यी वक्तव्यसँग बाइडेन असन्तुष्ट भएको बताउँदै उनले अमेरिकी भूमिकालाई अतिरंजित गरेर युक्रेनी सेनाको जस खोजिएको टिप्पणी गरेको बताएको थियो ।

तर युनिभर्सिटी अफ केन्टकीका राजनीतिक विज्ञानका प्राध्यापक रोबर्ट फार्लेले अमेरिकी अधिकारीहरूले वास्तवमा अमेरिकी गुप्तचर निकायको भूमिकालाई अतिरंजित गर्नुको सट्टा घटाउन सक्ने सम्भावना बढी भएको बताएका छन् ।

फार्लीले युक्रेनी सेनाको प्रवीणता स्वीकार गर्दै युक्रेनको आफ्नै खुफिया भए पनि अमेरिकी गुप्तचरको भूमिकालाई बेवास्ता गर्न नमिल्ने बताएका छन् । 

‘अमेरिकासँग खुफिया जानकारी संकलनका लागि ठूलो सामूहिक क्षमता छ । मलाई लाग्छ यसले युद्धमा महत्वपूर्ण प्रभाव पारिरहेको छ’, उनले भनेका छन् ।

तर रुसले युक्रेनलाई जानकारी प्रदान गरिरहेको छ भन्ने थाहा हुँदाहुँदै पनि आफ्नो सफलतामा बस्नुले रुसलाई थप उक्साउने जोखिम पार्न सक्ने, राष्ट्रिय सुरक्षा विश्लेषक जो सिरिन्सियोनको भनाइ छ । आक्रमणमा कथित अमेरिकी गुप्तचरको संलग्नताको जानकारी चुहावट गर्नु भयानक निर्णय भएको उनको भनाइ छ ।

यी आक्रमणको समाचारले सो क्षेत्रमा तैनाथ अमेरिकी सेनामाथि आक्रमण गर्न रुसलाई उक्साउन सक्ने भएतापनि प्रत्यक्ष अमेरिकाको संलग्नता हुने सम्भावना निकै कम भएको उनले बताए ।

अमेरिकी संलग्नताको सीमा कहाँ छ ?

युक्रेनमा रुसले आक्रमणको सुरुमा बाइडेनले युद्धमा कुनै पनि प्रत्यक्ष संलग्नता अस्वीकार गरेका थिए । तर रुसमा अमेरिकी सेना पुगेर हुने प्रत्यक्ष सैन्य भिडन्तको सम्भावना मात्रै सम्भव परिदृश्य हैन ।

लिक भएको कुरा भनेको अमेरिकाले रियल टाइममा रुसी सेनाको स्थिथिबारे दिएको जानकारीको दाबी हो । युक्रेनको सुरक्षालाई खतरामा पार्ने र युक्रेन लक्षित निर्णय गर्न सक्ने रुसी भौगोलिक स्थानको जानकारी प्रदान गर्नुमा कानूनी विभेद छ ।

यस्तो दाबी साँचो भएमा अमेरिकी जहाजहरूले सैन्य उद्देश्यका रूपमा लक्षित जानकारी सङ्कलन गरेको रुसी शंकालाई औचित्य दिनेछन् । 

के अमेरिकाले सीमा नाघ्यो ?

पेन्टागनले अमेरिकाले युक्रेनलाई लक्षित जानकारी प्रदान गरेको आरोपलाई दृढताका साथ अस्वीकार गरेको छ। कूटनीति र राष्ट्रिय सुरक्षाबारे युनिभर्सिटी अफ केन्टकीका रोबर्ट फार्लेले पेन्टागनको भनाइलाई विश्वास गर्छन् ।

‘मलाई लाग्दैन कि हामीले प्रत्यक्ष लक्ष्य डेटा उपलब्ध गराउँछौं’, उनले भनेका छन् । उनले बाइडेन प्रशासनको विदेश नीतिको दृष्टिकोण रूसको आक्रमणपछि बदलिएकोमा विश्वास गरे ।

‘मलाई लाग्छ जब यो युद्ध शुरु भयो । हाम्रो प्राथमिक चासो युक्रेनलाई आफ्नो रक्षा गर्न मद्दत गर्नु थियो। तर अब दुई महिनामा । मलाई लाग्छ अमेरिकी लक्ष्यहरू परिवर्तन भएका छन्। युक्रेनलाई आफ्नो रक्षा गर्न मद्दत गर्नुका साथै अमेरिका रुसलाई कमजोर बनाउन चाहन्छ।’

यो एक जानकार विशेषज्ञ राय मात्र नभएर रूसलाई कमजोर बनाउने अमेरिकी लक्ष्य अमेरिकी रक्षा सचिव लोयड अस्टिनले गरेको टिप्पणीमा पनि पुष्टि भएको थियो ।

‘मलाई लाग्छ कि हामी यस्तो बिन्दुमा छौं जहाँ अमेरिका र रुस बीचको कूटनीतिक सम्बन्ध शीत युद्धको समयमा भन्दा खराब छ । हामी हतियार पठाउँदैछौं र खुफिया जानकारी साझा गर्दैछौं जसले युक्रेनलाई रुससलाई कमजोर बनाउन मद्दत गर्छ’, फार्लेले भनेका छन् ।

रुस के गर्न सक्छ ?

अमेरिकाले अन्तर्राष्ट्रिय कानूनअनुसार अझै पनि यो युद्धमा सक्रिय पक्ष नरहेको दाबी गरेको छ । तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको दृष्टिकोणबाट यो कुरा मान्य भने नहुन सक्छ ।

पुटिन र अन्य रुसी नेताहरूले पहिले नै अमेरिकालाई रूससँग प्रोक्सी युद्धमा रहेको ठानेको सेवानिवृत्त ब्रिगेडियर जनरल एवं हार्वर्डको बेल्फर सेन्टर फर साइन्स एन्ड इन्टरनेशनल अफेयर्सका वरिष्ठ फेलो केभिन रायनले भनेका छन् ।

‘राष्ट्रपति पुटिन र उनको सैन्य नेतृत्वले अमेरिका, नेटो र पश्चिमाहरूसँग युद्ध लडिरहेको कुरा स्पष्ट र खुला रूपमा भनेका छन्’, रायनले भनेका छन् ।

अमेरिकाले वास्तवमा युक्रेनलाई खुफिया जानकारी उपलब्ध गराएको थियो र अमेरिकी जनताले विश्वास गरेको भन्दा यो युद्धमा बढी अमेरिकी संलग्न भएको थियो भने पनि यो कुरा पुटिनका लागि आश्चर्यको कुरा हुने छैन ।

‘विजय दिवसमा पुटिनको भाषणमा उनले बारम्बार भने कि पश्चिम, अमेरिका र नेटोसँग दबाब बढ्दैछ भने तर, आफ्नो भाषणमा युक्रेनको नाम लिएनन्’, रायनले भनेका छन् ।

ठूलो रुप लिने सम्भावना कति छ ?

युक्रेन युद्धमा आफ्नो खुफियाको भूमिकाको बारेमा घमण्ड गर्ने अमेरिकी अधिकारीहरूले रुसका लागि उत्तेजकता बढाएको विज्ञहरुको भनाइ छ । बाइडेन प्रशासनका लक्ष्यहरू परिवर्तन भए पनि राष्ट्रपति अझै नो कम्ब्याट दृष्टिकोणमा अडिग छन् । किभमा आणविक आक्रमण भएमा मात्रै बाइडेनको यो दृष्किोण परिवर्तन हुनसक्ने ठनिएको छ ।

‘युक्रेनलाई मद्दत गर्न अमेरिकाको कानूनी दायित्व छैन । राष्ट्रिय सुरक्षा विश्लेषक जो सिरिन्सियोनले भनेका छन्, यसले नैतिक दायित्व अनुसार हतियार पठाउँदैछ र खुफिया जानकारी साझा गरिरहेको छ । 

युक्रेनी सेनाविरुद्ध नै संघर्ष गर्न बाध्य रुसका लागि अमेरिका र नेटोविरुद्ध युद्ध लड्नु मुर्खता हुने उनको भनाइ छ । ‘अमेरिकाले निस्सन्देह रुस विरुद्ध प्रोक्सी युद्ध छेडिरहेको छ र युद्ध वृद्धिको सम्भावना छ । तर अहिलेको अवस्थामा तनाव बढ्नुले रुसलाई फाइदा गर्ने छैन । यो रुसका लागि जोखिमपूर्ण हुनेछ’ सिरिन्सियोनले भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ