arrow

युद्ध मैदानमा ड्राेन: युक्रेन युद्धलाई कसरी असर गरिरहेको छ ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
drone-in-war.png

काठमाडौं । केहीअघि युक्रेनी तटबाट ३५ किलोमिटर पर ब्ल्याक सीमा रहेको स्नेक आइल्याण्डको लाइटहाउसमा रहेको रुसी मिसाइलमा 'स्ट्राइक' गरेको भिडियो युक्रेनी सेनाले सार्वजनिक गरेको थियो । रुसी सेनाको यो मिसाइल ब्याट्रीमा टर्कीले डिजाइन गरेको बायराक्तार टीबी २ ड्रोनबाट आक्रमण गरिएको थियो ।

यसभन्दा अघि करिब ३ सय ५ किलोमिटर टाढाको दायरामा मार हान्न सक्ने टीबी २ अटो पाइलट किलर ड्रोनको विषय द्धन्द्ध बाहिर थियो। 


किनकि युक्रेनले टर्कीबाट किनेको दुई दर्जन वा सो भन्दा बढी ड्रोन बिगारेको र रुसलाई निराश पार्न नचाहने अंकाराले थप आपूर्ति अस्वीकार गरेको हुनसक्ने अनुमान गरिएको थियो ।

तर स्नेक आइल्याण्डको नियन्त्रणका युक्रेनले गरेको टीबी २ को प्रयोगले स्थिति फेरिदियो । त्यागले नै प्राप्ति पूर्ण हुने भन्दै बुद्ध जंगलमा गएको, ज्यान, तप र शोध गरेको र त्यसपछि ज्ञानको शिखरमा पुग्दा पनि उनले कुनै मानिसको कल्याण गर्ने दाबी कहिल्यै नगरेको र उनले आफूले बाँचेको बाटो नै हामीलाई देखाएको बताए ।

त्यसपछिको अर्को भिडियोमा टीबी २ ड्रोनले एउटा ल्यान्डिङ क्राफ्ट नष्ट गरेको सार्वजनिक भएको थियो भने त्यसपछिको अर्को भिडियोमा रुसी सेनाहरू ओर्लँदै गर्दा टीबी २ ड्रोनले एमआई ८ हेलिकप्टर खसालेको थियो । टाढैबाट मृत्यु भन्दै यी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए ।

एक उड्डयन विश्लेषक अमेलिया स्मिथले भिडियोमा रहेको ड्रोनमध्ये एउटामा  नयाँ दर्ता भएको संकेत टी २५३ देखिएको र त्यो पहिले युक्रेनमा नदेखिएको बताएका छन् । यो टर्कीले नयाँ ब्याचको रुपमा आपूर्ति गरेको ड्रोन हुनसक्ने ठानिएको छ ।

रुसले एक हप्तामा स्नेक आइल्याण्डको लागि युद्धमा नौ टीबी २ ड्रोनहरू खसालेको बताएको छ । जुन प्रत्येक एक ड्रोनको लागत १० देखि २० लाख अमेरिकी डलरको बीचमा अनुमान गरिएको छ ।

टीबी २ ड्रोन स्पष्ट रूपमा सैन्य प्रभावकारी छन् । तर तिनीहरू कति निर्णायक छन् भन्ने कुरा भने स्पष्ट छैन । 

यस विषयमा मेल खाने गरी युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत अप्रिलमा भनेका थिए, ‘बायराक्तार (टर्कीस ड्रोन) र सबै हार्डवेयरको पूर्ण सम्मानका साथ म तपाईलाई भन्न चाहन्छु, यो फरक युद्ध हो।’

रुसले अधिकांश दक्षिणी तट र युक्रेनको केही पूर्वी भाग कब्जा गरेपछि ११ हप्ताको द्वन्द्व जारी छ । किभ कब्जाको रुसी प्रयास भारी द्वन्द्वका साथ असफल भएको थियो ।

दुवै पक्षका सेनाबीच भारी फायरिङ भए पनि यसले ड्रोनहरू अप्रासंगिक छन् भनेर मान्न भने सकिँदैन । युक्रेनी पक्षका टीबी २ र रुसी ओरियन ड्रोनको वास्तविकता बेग्लै छ ।

यूएस सेन्टर फर नेभल एनालाइज थिंकट्याङ्कका ड्रोन विशेषज्ञ साम बेन्डेट रुसले सबै हवाई क्षेत्र नियन्त्रण नगरेको र रुससँग लगातारको इलेक्ट्रोनिक युद्ध प्रतिरक्षा नभएको कुराको फाइदा युक्रेनले उठाएको बताउँछन् ।

२०२० मा आर्मेनिया र अजरबैजानबीच भएको नागोर्नो काराबाखको युद्धमा अजरबैजानले आर्मेनियाका रुस नीर्मित ट्याङ्कहरू उडाउन टर्कीका ड्रोन प्रयोग गरेको कुरा रुसलाई थाहा थियो । सोही अनुसार युक्रेनमा पनि टर्कीस टीबी २ ड्रोनलाई काउण्टर गर्नुपर्ने कुरा रुसी जानकारीमै थियो ।

सन् १९९० को दशकदेखि नै कम लगानी गरेका कारण रुस ड्रोन प्रविधिमा पछि परेको इन्टरनेशनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिजका एरोस्पेस विश्लेषक डगलस ब्यारीको भनाइ छ ।

मास्कोले युद्धका क्रममा गत मार्चमा युक्रेनमा ओरियन लडाकु ड्रोनहरू तैनाथ गर्न थालेको थियो । तर शुरुमै एक ड्रोन नष्ट गरिएको थियो भने यसले थोरै ड्रोन मात्रै प्रयोग गरेको थियो ।

यसैबीच युद्ध बढ्दै गएको छ र सशस्त्र ड्रोनहरू आकाशबाट बाहिरिएका छन् । नयाँ ड्रोनहरू अगाडि आउँदैछन् ।

अमेरिकाले युक्रेनलाई कम्तीमा ७०० कम परिष्कृत एकल प्रयोगका वा कामिकाजे स्विचब्लेड ३०० र ६०० ९ वा ४० किलोमिटर टाढाको दूरीसम्म चकनाचुर गर्न सक्ने ड्रोनहरू आपूर्ति गर्न सहमत भएको छ।

अहिले स्विचब्लेड ड्रोनहरू फ्रन्टलाइनमा देखिन थालेका छन् । एक हप्ता रुसी अखडामा आक्रमण गरेको र त्यसपछि सैनिकहरू आतंकित हुँदै भागेको भिडियो युक्रेनले सार्वजनिक गरेको थियो । कामिकाजे ड्रोनहरूको संख्या ठूलो देखिए पनि युद्ध जारी रहँदा यसको भण्डारण तुरुन्तै समाप्त हुन सक्छ।

पोर्ट्समाउथ युनिभर्सिटीका ड्रोन विशेषज्ञ प्रोफेस पिटर लीले हावामा कुनै पनि पक्षको नियन्त्रण नभएको बताएका छन् ।

अहिलेको युद्धमा ड्रोनको सबैभन्दा महत्त्वपूर्ण प्रयोग भनेको खुफिया जानकारी संकलन गर्न र परिस्थितिगत जागरूकताका लागि भएको उनको भनाइ छ । करिब १०० वर्षअघि यस्तो काम विमानले मात्रै गर्नसक्थ्यो ।

दुवै पक्षले सरल, व्यावसायिक रूपमा उपलब्ध ड्रोनहरूको भारी प्रयोग गरेको देखिन्छ । तोपखानाको गोलाबारी, सशस्त्र सवारी साधनमा आक्रमण र दुवै पक्षका अन्य सबै जसो लडाइँमा ड्रोन फुटेज युद्धको नियमित विशेषता बनिसकेको देखिन्छ ।

त्यसैले यसले साधारण क्यामेरा ड्रोनको माग बढाएको छ । विश्वकै सबैभन्दा ठूलो निर्माता चीनको डीजेआईले गत अप्रिलमा युक्रेनलाई सजिलै प्रयोग गर्न सकिने यस्ता ड्रोनको बिक्री रोकेको थियो । तर, रुसमा प्रतिबन्धले कत्तिको असर पार्छ भन्ने कुरा भने स्पष्ट छैन ।

एक विज्ञले युक्रेनले युद्धमैदानमा ६,००० भन्दा बढी टोही ड्रोन सञ्चालन गरिरहेको अनुमान गरेका छन्।

‘ड्रोनहरू युद्ध जित्ने प्रविधि होइनन्’ पोर्ट्समाउथ युनिभर्सिटीका ड्रोन विशेषज्ञ लीले भने, ‘तर तिनीहरू एक युद्ध सक्षम टेक्नोलोजी हुन् र हामीले (ड्रोनकै कारण) युक्रेनले छिटो र अधिक फुर्तिलो तरिकामा प्रतिक्रिया दिइरहेको देखेका छौं।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ