- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । काठमाडौं महानगरपालिको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह दश हजार मत नजिक रहेका छन् उनी अन्य उम्मेदवारभन्दा दोब्बर मतले अघि बढिरहेका छन् । स्थानीय तहको निर्वाचन २०७९ को मतगणना भइरहँदा स्वतन्त्र उम्मेदवार र्यापर एवं इन्जिनियर वालेन्द्र साहको अग्रता फराकिलो बन्दै गएको छ ।
साह एमालेका उम्मेदवार केशव स्थापितभन्दा करिब दोब्बर मतले अगाडि रहेका छन् । साहा अघिअघि रहेका छन् भने स्थापितले उनलाई पछ्याइ रहेका छन् ।
वालेन्द्रले ९ हजार ६ सय १४ मत पाएका छन् । एमालेका उम्मेदवार केशव स्थापितले ५ हजार १ सय ८ मत प्राप्त गरी साहलाई पछ्याइरहेका छन् ।
गठबन्धनबाट उम्मेदवार दिएकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४ हजार ४ सय ७७ मत पाएकी छिन् ।
राप्रपाका मदनदास श्रेष्ठले ५ सय २१ मत पाएका छन् ।
त्यस्तै उपमेयरमा एमालेकी उम्मेदवार सुनीता डङ्गोल अगाडि रहकी छन् ।डङ्गोलले ९ हजार ४२१, नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले २ हजार ६९० मत प्राप्त गरेका छन् ।