arrow

मोदीको लुम्बिनी भ्रमणले पर्यटन प्रवर्द्धनमा ठूलो योगदान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३ मंगलबार
modi-lumbini-visit-2079-2022.jpg
तस्बिर : रासस

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीमा अवतरण गरेसँगै 'बुद्ध जन्मस्थल आउन पाएकोमा खुसी भएको' प्रतिक्रिया दिए। उनको यो अभिव्यक्तिसँगै गौतम नेपालमा जन्मिएका हुन् भन्ने विवाद समाप्त भएको छ। मोदीको लुम्बिनी भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने र भारतीय पर्यटकहरूलाई आकर्षित गर्न सकिने भएको छ।

मुलुकको दोस्रो ठुलो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको पृष्ठभूमिमा भएको मोदीको लुम्बिनी भ्रमणले दुवै मुलुकको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा छ। मोदीको लुम्बिनी भ्रमणले बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने विवादलाई अन्त्य गरिदिएकोले यसले अब धार्मिक पर्यटनलाई टेवा पुर्‍याउने विश्वास गरिएको छ।

गौतम बुद्ध जन्मिएको र बाल्यकालदेखि बुद्धत्व प्राप्त गरेर फर्किएपछि बिताएका विविध क्षणको ऐतिहासिक भूमिसमेत लुम्बिनी, बुद्धत्व प्राप्त गरेको बोधगया, धर्मको प्रचार सुरु गरेको सारनाथ र भगवान् गौतम बुद्धले मुक्ति प्राप्त गरेको अर्थात् महापरिनिर्वाण प्राप्त गरेको स्थान कुशीनगरलाई जोडेर बौद्ध सर्किट बनाउने दुई मुलुकको सहमतिलाई कार्यान्वयन गरे धार्मिक पर्यटन थप विस्तार हुनेछ।

२०७१ मा भएको १८औँ सार्क शिखर सम्मेलन र २०७३ मा भारतको गोवामा भएको 'बे अफ बङ्गाल इनिसिएटिभ फर मल्टिसेक्टरल टेक्निकल एन्ड इकोनोमिक कोअपरेसन' (बिम्सटेक) शिखर सम्मेलनमा 'ट्रान्स एसियन बुद्धिस्ट सर्किट' को चर्चा भएको थियो। जसमा नेपाल, भारत, जापान, श्रीलङ्का, थाइल्यान्ड, कम्बोडिया र इन्डोनेसियाका बुद्धसँग सम्बन्धित स्थानलाई जोड्ने योजनाबारे छलफल गरिएको थियो।

कूटनीतिज्ञ डा.दिनेश भट्टराईले पनि लुम्बिनीलाई आन्तरिक, दुई मुलुक र अन्तर्राष्ट्रिय बौद्ध सर्किटमार्फत जोड्न सक्दा धार्मिक पर्यटन विकासमा सहयोग पुग्ने बताएका छन्। अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुँदा अब लुम्बिनी जाने पर्यटक सीधै भैरहवा ओर्लिने भएका कारण उनीहरूले त्यहाँ बढी समय बिताउन पाउने भएका छन्।

यसलाई क्यास गर्नका लागि भारतीय प्रधानमन्त्री मोदीले बुद्ध सर्किट बनाएर लुम्बिनी आउने पर्यटकहरूलाई भारतको बोधगया र कुशीनगरसम्म पुर्‍याउने रणनीति अनुरूप बुद्ध सर्किट निर्माणमा जोड गरेको कूटनीतिज्ञहरूले बताएका छन्। भारतको कुशीनगरमा पनि भारतले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेका कारण त्यहाँ आउने पर्यटक पनि बुद्ध सर्किट निर्माणपछि लुम्बिनी आउने र यसले दुवै मुलुकको धार्मिक पर्यटन बढ्ने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ