arrow

घोराही उपमहानगरमा एमालेको अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३ मंगलबार
Ghorahi_Upamahanagarpalika2.png
फाइल तस्बिर

दाङ। दाङको घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धनलाई पछि पार्दै नेकपा एमालेले अग्रता कायम राखेको छ। पछिल्लो  मत परिणामअनुसार घोराहीमा नेकपा (एमाले)का उम्मेदवार नरुलाल चौधरी तीन हजार १२४ मतले अगाडि छन्। चौधरीले १६ हजार ८९८ मत प्राप्त गरेका छन् भने गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का हेमराज शर्माले १३ हजार ७७४ मत प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालय घोराहीले जनाएको छ।

उपप्रमुख पदमा पनि एमालेले अग्रतालाई फराकिलो बनाउँदै लगेको छ। एमालेबाट उपप्रमुखमा उम्मेदवार हुमा डिसीले १६ हजार ३७३ मत प्राप्त गरेकी छिन् भने गठबन्धनबाट काँग्रेस उम्मेदवार भुपबहादुर डाँगीले १५ हजार ४६६ मत प्राप्त गरेका छन्।

यसअघि आठ वडाको मतगणना सम्पन्न भएको छ। वडा नं १, २, १४, १७ र १८ मा नेकपा (एमाले) का अध्यक्षका उम्मेदवार विजयी भएका छन् भने वडा नं १३, १६, १९ मा गठबन्धनबाट काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन्। अहिले वडा नं ३, ४, ९, १०, ११, १२ र १५ को मतगणना भइरहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।

घोराही उपमहानगरपालिकामा कूल एक लाख १२ हजार ९२७ मतदाता रहेकामा ७६ हजार ५२९ अर्थात्  ६७.७६ प्रतिशत मत खसेका थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ