- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । पोखरा महानगरपालिकामा मेयर उम्मेदवार धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् । गठबन्धनका साझा उम्मेदवार आचार्यले नेकपा एमालेका कृष्ण थापासँग मतान्तर बढाउँदै लगेका हुन् ।
बुधवार बिहानसम्ममा ३१ हजार मत गनिएको छ । जसमा आचार्यले १७ सय ९५ मतान्तर बनाएका छन् । आचार्यले १२ हजार ९४५ र थापाले ११ हजार १५० मत प्राप्त गरेका छन् ।
मेयर पदकै उम्मेदवार राप्रपाका शङ्कर खरालले १२ सय ७१ र स्वतन्त्रका उम्मेदवार गणेश पौडेलले ६६९ मत प्राप्त गरेका छन् ।
यता, उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले अग्रता कायम राखेकी छन् । रानाभाटले एमालेकी मञ्जुदेवी गुरुङसँगको मतान्तर ५०५ पुर्याएकी छन् ।
रानाभाटले १३ हजार २३३ र गुरुङले १२ हजार ७२८ मत ल्याएर पच्छ्याइरहेकी छन् । उपमेयरमै राप्रपाकी रञ्जना सेनले एक हजार ६९ मत प्राप्त गरेकी छन् ।
पोखरामा वडा नं. १, २, ३, ४, १२ र २३ को मतगणना सकिएको छ । यस्तै, पोखरा ५, ६, १३, २६ को मतगणना जारी छ ।