- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह अझ अगाडि देखिएका छन् । स्थानीय तहको निर्वाचन २०७९ को मतगणना भइरहँदा स्वतन्त्र उम्मेदवार इन्जिनियर वालेन्द्र साहको अग्रता फराकिलो बन्दै गएको छ ।
साह एमालेका उम्मेदवार केशव स्थापितभन्दा करिब दोब्बर मतले अगाडि रहेका छन् । साहा अघिअघि रहेका छन् भने स्थापितले उनलाई पछ्याइ रहेका छन् ।
वालेन्द्रले १४ हजार ४ सय ४५ मत पाएका छन् । एमालेका उम्मेदवार केशव स्थापितले ७ हजार ८५ सय ५२ मत प्राप्त गरी साहलाई पछ्याइरहेका छन् ।
गठबन्धनबाट उम्मेदवार दिएकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ६ हजार ८ सय मत पाएकी छिन् ।
राप्रपाका मदनदास श्रेष्ठले ८ सय ९ मत पाएका छन् ।
त्यस्तै उपमेयरमा एमालेकी उम्मेदवार सुनीता डङ्गोल अगाडि रहकी छन् ।डङ्गोलले १२ हजार १५७, नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले ३ हजार ६१८ मत प्राप्त गरेका छन् ।