arrow

मध्यपुरथिमिका मदनसुन्दर : जो आफ्नै जेठानसँग हारे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ४ बुधबार
madan-sundar.jpg

मध्यपुरथिमि । मध्यपुरथिमि नगरपालिकाको पूर्व मेयर मदनसुन्दर श्रेष्ठ आफ्नै जेठानसँग पराजित भएका छन् । उनका ज्वाइँ सुरेन्द्र श्रेष्ठ मध्यपुरथिमिको मेयर बनेका छन् । सुरेन्द्र श्रेष्ठ गठबन्धनतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार थिए भने मदनसुन्दर श्रेष्ठ एमालेका उम्मेदवार थिए । 

मध्यपुरथिमिमा गठबन्धनले एमालेलाई हराएको छ । आफ्नै ज्वाइँलाई हराउँदै सुरेन्द्र श्रेष्ठ विजयी भएका छन् । मदनसुन्दर श्रेष्ठलाई चार हजार ६३ मतान्तरले पछाडि पार्दै सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका हुन् । 

कांग्रेसका सुरेन्द्रले १५ हजार ९८ मत प्राप्त गरी विजय भए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार श्रेष्ठले ११ हजार ३५ मत प्राप्त गरे ।

 एमालेका मदनसुन्दरले विसं २०७४ को निर्वाचनमा १४ हजार मत ल्याएर एमालेबाट नगरप्रमुखमा विजय भएका थिए । यस पटकको निर्वाचनमा भने उनी आफ्नै जेठानसँग पराजित भए ।

उपप्रमुखतर्फ गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका उम्मेदवार विजयकृष्ण श्रेष्ठ १२ हजार १०२ मत प्राप्त गरी विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेका उत्तरा नेपालले आठ हजार ९६३ मत प्राप्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ