arrow

तनहुँका सात पालिका र ५२ वडाको मतपरिणाम सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ४ बुधबार
Tanahun_District.png

दमौली। स्थानीय तह निर्वाचनअन्तर्गत मङ्गलबारसम्म तनहुँका सातवटा पालिका र ५१ वडाको मतपरिणाम सार्वजनिक भएको छ । मतगणना सार्वजनिक भएका सात पालिकामध्ये नेकपा (एमाले)ले चार, नेपाली कांग्रेसले दुई र नेकपा (माओवादी केन्द्र)ले एक पालिका जितेका छन् । त्यस्तै मतपरिणाम सार्वजनिक भएका ५२ वडामध्ये एमालेले २२, कांग्रेसले २४ र माओवादीले छ वडामा जित हासिल गरेका छन् ।

शुक्लागण्डकी नगरपालिका र भानु नगरपालिकाको मतगणना जारी छ । व्यास नगरपालिकाको भने आज दुईवटा मतदान केन्द्रमा पुनः मतदान भएपछि मात्रै मतगणना गर्ने तयारी छ । एमालेले घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, म्याग्दे गाउँपालिकाको अध्यक्ष जितेको छ । एमालेले भिमाद नगरपालिकाको प्रमुख र उपप्रमुखमा विजय हासिल गरेको छ । त्यस्तै एमालेले बन्दीपुर गाउँपालिकाको अध्यक्ष जितेको छ ।

नेपाली कांग्रेसले ऋषिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, देवघाट गाउँपालिकाको अध्यक्ष, म्याग्दे गाउँपालिकाको उपाध्यक्ष र बन्दीपुर गाउँपालिकाको उपाध्यक्ष जितेको छ भने माओवादी केन्द्रले आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा देवघाट गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।

घिरिङ गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा, उपाध्यक्षमा राधादेवी अधिकारी, म्याग्दे गाउँपालिकाको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ विजयी भएका छन् । भिमाद नगरपालिकाको प्रमुखमा दधिराज सुवेदी र उपप्रमुखमा शारदा खनाल विजयी भएका छन् ।

देवघाट गाउँपालिकाको अध्यक्षमा तिलबहादुर थापा, म्याग्दे गाउँपालिकाको उपाध्यक्षमा बालकृष्ण घिमिरे विजयी भएका छन् । त्यस्तै देवघाट गाउँपालिकाको उपाध्यक्षमा पञ्चमाया गुरुङ विजयी भएका छन् । आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष शुक्र चुमान, उपाध्यक्षमा दुर्गा अर्याल र देवघाट गाउँपालिकाको उपाध्यक्षमा भुवनसिं गुरुङ विजयी भएका छन् । 

ऋषिङ गाउँपालिकाको अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठ र उपाध्यक्षमा गिनुमाया थापा विजयी भएका छन् । एमालेले म्याग्दे-१, म्याग्दे-३, म्याग्दे-७, बन्दीपुर-१, बन्दीपुर-४, बन्दीपुर-६, घिरिङ-२, घिरिङ-३, घिरिङ-४, देवघाट-१, देवघाट-४, भिमाद-२, भिमाद-३ मा, भिमाद-७, भिमाद-८, भिमाद-९, भानु-२, शुक्लागण्डकी-५, शुक्लागण्डकी-६, शुक्लागण्डकी-८ र आँबुखैरेनी-६ को वडाध्यक्ष जितेको छ ।

कांग्रेसले भिमाद-१, भिमाद-४, भिमाद-६, म्याग्दे-२, म्याग्दे-४, म्याग्दे-५, म्याग्दे-६, ऋषिङ-२, ऋषिङ-३, ऋषिङ-४, ऋषिङ-५, ऋषिङ-६, घिरिङ-१, शुक्लागण्डकी-१, शुक्लागण्डकी-२, शुक्लागण्डकी-३, शुक्लागण्डकी-४, देवघाट-२, देवघाट-५, आँबुखैरेनी-३, आँबुखैरेनी-४, भानु-१, भानु-१२ र बन्दीपुर-३ को वडाध्यक्ष जितेको छ ।

माओवादी केन्द्रले आँबु-१, आँबुखैरेनी-२, ऋषिङ-१, बन्दीपुर-२, बन्दीपुर-५ र आँबुखैरेनी-५ को वडाध्यक्ष जितेको छ । स्वतन्त्र उम्मेदवारले भानु-१३, ऋषिङ-७ र ऋषिङ-८ को वडाध्यक्ष जितेको छ ।

दोहोरिन खोज्दा चार पराजित
विसं २०७४ को स्थानीय तहको निर्वाचनबाट विजय भएर पुनः दोहोरिन खोज्ने तीन पालिकाका प्रमुख यसपटक पराजित भएका छन् । एमालेबाट देवघाटको अध्यक्षमा दोहोरिएका दुर्गाबहादुर थापा यसपटक पराजित भएका छन् । 

काङ्ग्रेसबाट आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा दोहोरिएका गिरबहादुर थापा, म्याग्दे गाउँपालिकाको अध्यक्षमा दोहोरिएका मायादेवी राना यसपटक पराजित भए । यस्तै बन्दीपुर गाउँपालिकाको अध्यक्षमा दोहोरिएका पूर्णसिं थापा र उपाध्यक्ष करुणा गुरुङ झिनो मतान्तरले पराजित भएका छन् ।

कांग्रेसबाट म्याग्दे गाउँपालिकाको उपाध्यक्षमा दोहोरिएकाका बालकृष्ण घिमिरे भने यसपटक पनि विजयी भएका छन् । यसपटकको स्थानीय तह निर्वाचनमा फरक नतिजा आएको छ । गत निर्वाचनमा एउटा पार्टीले जितेका ठाउँमा अहिले अर्को पार्टीले जितेको छ । 

देवघाटका नवनिर्वाचित अध्यक्षद्वारा शपथग्रहण
देवघाट गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष तिलबहादुर थापाले शपथग्रहण गरेका छन् । कांग्रेसका तर्फबाट अध्यक्षमा निर्वाचित थापाले मङ्गलबार मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानासमक्ष शपथग्रहण गरेका हुन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नवनिर्वाचित अध्यक्ष थापालाई शपथग्रहण गराइएको थियो । जिल्लाका पालिका प्रमुखलाई न्यायाधीशले शपथग्रहण गराउने र पालिकाका अन्य जनप्रतिनिधिलाई सम्बन्धित पालिकाको प्रमुखले शपथग्रहण गराउने व्यवस्था रहेको छ । कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट थापाले एमालेका दुर्गबहादुर थापालाई पराजित गरेका थिए । 

यसैबीच आँबुखैरेनी गाउँपालिकाका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, वडाध्यक्षलगायत सदस्यलाई प्रमाणपत्र वितरण गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ