arrow

दश हजार नजिक रेणु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ४ बुधबार
renu-dahal.jpg

भरतपुर । भरतपुरकी पूर्व मेयर रेणु दाहाल दश हजार मत नजिक रहेकी छन् । आज ९ बजे सम्मको मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणुले ९ हजार ५४२ मत ल्याएकी छिन् । 

उनलाई नेकपा एमालेका विजय सुवेदीले पछ्याउँदै छन् । सुवेदीले ८ हजार ८७ मत ल्याएका छन् । यो अवस्थासम्ममा रेणु १४ सय ५५ मतले अघि छन् । रेणु पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार हुन् । 

नेपाली कांग्रेसका विद्रोही स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ३१५ मत ल्याएका छन् । 

उपप्रमुखमा भने नेपाली ११ हजार ३८२ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ६ हजार ५९३ मत ल्याएकी छिन् ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ