arrow

माधव नेपालको गृहनगरमा समाजवादीको जित

logo
प्रिमेश शिवाकोटी, 
प्रकाशित २०७९ जेठ ४ बुधबार
281245857_715391319587629_2350584871429846355_n.jpg

गौर । नेकपा एकीकृत समाजवादीका उम्मेदवार शम्भु साहले रौतहटको गौर नगरपालिकामा विजय हासिल गरेका छन् । पूर्व मेयर तथा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार अजय गुप्तालाई पराजित गर्दै साहले नगर प्रमुखमा जित हासिल गरेका छन् । 

मेयर पदमा निर्वाचित भएका साहले ६ हजार ३८१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी अजय गुप्ताले ३ हजार ७५५ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपमेयरको पदमा पनि समाजवादीकै उम्मेदवार शैलदेवी विजयी भएकी छिन् । उपमेयरको पदका लागि नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकी डा शाहजाहा खातुन ३ हजार ६८५ मत पाएर पराजित भएकी छिन्ने । शैलदेवी ४ हजार ८०९ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ