arrow

एमालेमा गएर टिकट नपाएपछि जसपामा पुगेका पौडेल बने मेयर  

logo
मणिप्रसाद गैेह्रे, 
प्रकाशित २०७९ जेठ ४ बुधबार
sudip-poudel-jasapa-kapilvastu-nagarpalika.jpg

कपिलवस्तु । कपिलवस्तुको सदरमुकाम तौलिहवामा अवस्थित कपिलवस्तु नगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीका सुदिप पौडेल विजयी भएका छन् । उनले ११ हजार ९०६ मत प्राप्त गरे ।  

उनका निकटतम प्रतिस्पर्धी  नेकपा एमालेका डा. राजेश गुप्ताले  ८ हजार ७८२ मत प्राप्त गरे भने तेस्रोमा नेपाली कांग्रेसका किरण सिंहले ७ हजार ५१ मत प्राप्त गरे । 

त्यस्तै उपमेयरमा पनि जसपाकी सुनिता गुप्ता विजयी भएकी छिन् । उनले ९ हजार ५७० मत पाइन् ।  उनकी निकटतम प्रतिस्पर्धी तुलसा पाण्डे गैह्रेले ९ हजार ३७९  मत प्राप्त गरिन् भने तेस्रोमा नेपाली कांग्रेसकी नसिरुन खातुनले  ७ हजार ८३१ मत प्राप्त गरिन् ।   

पौडेल २०७४ को निर्वाचनमा वडा नं १ को अध्यक्षमा निर्वाचित भएका थिए । 

एक महिना अगाडि एमाले अध्यक्ष केपी शर्मा ओली तौलिहवामा आउँदा नेकपा एमालेमा प्रवेश गरेका पौडेल एमालेबाट टिकट नपाएपछि जसमा प्रवेश गरी मेयर पदको लागि निर्वाचनमा होमिएका थिए । 

युवा तथा सामाजिक क्षेत्रमा परिचित पौडेललाई सबै वडाबाट लोकप्रिय मत आएको छ । निर्वाचित पौडलले कपिलवस्तु नगरपालिकाको समग्र विकासमा काम गर्ने र जनतालाई सर्वोपरि मानी काम गर्ने बताएका छन् । 

१२ वडा रहेको नगरपालिकामा जसपाबाट वडा नं १ मा जाहिद खा, ७ मा  इन्द्रमनि चौधरी र  वडा नं ११ मा रामगोपाल यादव निर्वाचित भएका छन् । त्यस्तै नेपाली कांग्रेसबाट वडा नं ३ मा रुद्रबहादुर गैर, वडा नं ५ मा दिरेप चौधरी, वडा नं ८ मा शिवकुमार पाण्डेय, वडा नं १० मा मोहन शर्मा र १२ नं वडामा इन्सान अलि धुनिंया निर्वाचित भएका छन् । 

त्यस्तै नेकपा एमाले बाट वडा नं २ मा अशोक गुप्ता, वडा नं ४ मा रविन्द्र तिवारी, वडा नं ६ मा रामजित कुर्मी र वडा नं ९ मा दिपक गुरुङ निर्वाचित भएका छन् ।   

६ नगरपालिका र ५ गाउँपालिका रहेको कपिलवस्तुमा यो पहिलो नतिजा सार्वजनिक भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ