arrow

पन्ध्र हजार नजिक रेणु, सुवेदीभन्दा २९ सय मतले अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ५ बिहिबार
renu-vijay-jagannath.jpg

भरतपुर । पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी रेणु दाहाल पन्ध्र हजार मत नजिक रहेकी छन् । बिहीबार बिहानसम्मको परिणाम अनुसार नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणुले १४ हजार ३७७ मत ल्याएकी छिन् । 

उनलाई नेकपा एमालेका विजय सुवेदीले पछ्याउँदै छन् । सुवेदीले ११ हजार ४३१ मत ल्याएका छन् । रेणु दाहालले मतान्तर फराकिलो बनाउँदै लगेकी छिन् । रेणु २९ सय ४६ मतले सुवेदी भन्दा अघि छन् । 

नेपाली कांग्रेसका विद्रोही स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५ हजार ९९७ मत ल्याएका छन् । 

उपप्रमुखमा भने नेपाली १६ हजार ७४१ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ९ हजार २६९ मत ल्याएकी छिन् ।   

भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८ सय ३९ मत खसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ