arrow

मकवानपुरमा दशमध्ये सात स्थानीय तहको नतिजा सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ५ बिहिबार
election-2079.jpg

मकवानपुर । मकवानपुरको १०  स्थानीय तहमध्ये सातको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । हेटौँडा उपमहानगरपालिकासहित तीन तहको मतगणना जारी छ । 

नेकपा (एमाले)ले दुई गाउँपालिमा अध्यक्ष र एउटामा उपाध्यक्ष जितेको छ । गठबन्धनतर्फबाट नेपाली कांग्रेसले चार गाउँपालिकामा अध्यक्ष र एक नगरपालिकामा उपप्रमुख जितेको छ । 

नेकपा (माओवादी केन्द्र)ले एक नगरपालिकामा प्रमुख तथा चार गाउँपालिकामा उपाध्यक्ष पदमा जित हासिल गरेको छ ।

उत्तरी मकवानपुरको थाहा नगरपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको छ । काँग्रेसले राक्सिराङ, बकैया, कैलाश र मकवानपुरगढीमा जित हासिल गरेको छ । 

कैलाशमा माओवादी र कांग्रेसबीच चुनावी तालमेल भएको थियो । एमाले र एकीकृत समाजवादीले छुट्टाछुट्टै उम्मेदवार खडा गरेका थिए । 

इन्द्रसरोबर र भीमफेदी गाउँपालिकामा एमाले विजयी भयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ