arrow

चिरीबाबु भारी मतले अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ५ बिहिबार
chiribabu1.JPG

ललितपुर । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन भारी मतले अगाडि रहेका छन् । उम्मेदवार चिरीबाबु एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार भन्दा दोब्बर मतले अगाडि छन् । उनी ७ हजार ३९७ मतले अगाडि रहेका छन् । 

पछिल्लो विवरणअनुसार, कांग्रेसका उम्मेदवार महर्जनले १५ हजार ३५८ र एमालेका हरिकृष्ण व्यञ्जनकारले ७ हजार ९६१ मत पाएका छन् ।  चिरीबाबु ललितपुरका निवर्तमान महानगर प्रमुख हुन् । 

उपप्रमुखमा नेकपा (एमाले)की मञ्जली शाक्यको अग्रता रहेको छ । एमालेकी उम्मेदवार मञ्जली शाक्यले ८ हजार ९४ मत र नेकपा (माओवादी केन्द्र) का बाबुराजा बज्राचार्यले ५ हजार १६७ मत पाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ