arrow

यस्तो आयो बर्दियाको अन्तिम मत परिणाम 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ५ बिहिबार
local-level-election-000.jpg

बर्दिया । बर्दियामा मतगणना सम्पन्न भएको छ । छ नगरपालिका, दुई गाउँपालिका गरी आठवटा पालिका रहेको ७५ वडामा स्थानीय तहको अन्तिम मतगणना सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ । 

आठ पालिकाअन्तर्गत  पाँचवटा पालिकामा नेपाली कांग्रेस, दुई स्थानमा नेकपा माओवादी केन्द्र र एक पालिकामा नेकपा एमाले विजयी भएको जिल्ला निर्वाचन कार्यालय बर्दियाका प्रमुख कृष्णबहादुर कुवरले बताए । 

बर्दियाको बारबर्दिया नगरपालिकामा कांग्रेसका छविलाल थारुले १३ हजार छ मत प्राप्त गरी विजयी भएका छन् भने निकटतम प्रतिस्पर्धी एमालेका पदमप्रसाद ढकालले १० हजार ३५१ मत प्राप्त गरेका छन् । उपप्रमुखमा कांग्रेसकी रत्नकुमारी पाण्डेले १२ हजार ४९१ मत प्राप्त गरी विजयी भएका छन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी नारायणी चौधरीले १० हजार ८५५ मत प्राप्त गरेकी छिन् । 

मधुवन नगरपालिकामा कांग्रेसका प्रमुख पदका उम्मेदवार तेजबहादुर भाट विजयी भएका छन् । आठ हजार ७७५ मत प्राप्त गरी भाट विजयी भएका हुन् । माओवादी केन्द्रका लक्ष्मीप्रसाद शर्माले सात हजार ९३१ मत मत प्राप्त गरेका छन् । 

उपप्रमुखमा कांग्रेसकी अनिता चौधरीले आठ हजार ३३५ मत प्राप्त गरी विजयी भएकी छिन् । उनकी निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी सुभद्रा थारुले सात हजार ८९९ मत प्राप्त गरेकी छिन् । 

बाँसगढी नगरपालिका प्रमुख र उपप्रमुख पदमा एमाले विजयी भएको छ । एमालेका खडकबहादुर खड्का र उपप्रमुखमा इन्दिरा चौधरी विजयी भएका छन् । खड्काले १० हजार ९४७ मत प्राप्त गरेका छन् ।  माओवादीका भवनकुमार थारुले नौ हजार ७६३ प्राप्त गरेका छन् । उपप्रमुख पदमा एमालेकी इन्दिरा चौधरीले ११ हजार ३५ मत प्राप्त गरेकी छिन् । माओवादीकी भूमि बिटालुले आठ हजार २३८ मत प्राप्त गरेकी छिन् । 

बढैयाताल गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा एमाले विजयी भएका छन् । माओवादी केन्द्रका हिमालय त्रिपाठी नौ हजार ३६७ मतसहित अध्यक्ष पदमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लालबहादुर श्रेष्ठले आठ हजार ३०८ मत प्राप्त गरेका छन् । 

उपाध्यक्षमा एमालेकी लक्ष्मीकुमारी अधिकारीले आठ हजार ८८५ मतसहित विजयी भएकी छिन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी उम्मेदवार पवित्रा अर्यालले आठ हजार ३१५ मत प्राप्त गरेकी छिन् ।

ठाकुरबाबा नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका तिलकराम लम्सालले नौ हजार ४२ मत प्राप्त गरेका छन् । 

उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नेत्रराज आचार्यले छ हजार ८१८ मत मत प्राप्त गरेका छन् । उपमेयरमा नेकपा एमालेकी वीना भट्टराईले आठ हजार १७६ मत ल्याएर विजयी भइन् भने उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी मञ्जुकुमारी चौधरीले सात हजार ६७४ मत मत प्राप्त गरेकी छिन् । 

गुलरिया नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका मुक्तिनाथ यादवले सात हजार ९८९ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका अमरबहादुर खड्काले सात हजार ८११ मत प्राप्त गरेका छन् । 

कांग्रेसकी सावित्रा गौतमले आठ हजार २०७  मत ल्याई नगर उपप्रमुखमा विजय भएकी छिन् भने नेकपा एमालेकी टीकाकुमारी शम्सेली मगरले सात हजार ४६२ मत प्राप्त गरेकी छिन् । 

गेरुवा गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसका जमानसिंह केसी विजयी भएका छन् । केसीले सात हजार ६९८ मत प्राप्त गरेका छन् । नेकपा माओवादीका विश्वबहादुर थारुले ६ हजार ६२० मत प्राप्त गरेका छन् । उपाध्यक्ष पदमा कांग्रेसकी लक्ष्मीकुमारी चौधरीले सात हजार १५३ मत प्राप्त गरी विजयी भएकी छिन् । उपाध्यक्षमा माओवादी केन्द्रकी लीला चौधरीले छ हजार ५८३ मत प्राप्त गरेकी छिन् ।  

राजापुर नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका दीपेश थारु र उपप्रमुखमा मनकलाकुमारी चौधरी विजयी भएकी छिन् । थारुले नौ हजार ८०७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकाका दीपकजङ्ग शाहले नौ हजार ७६० मत गरेका छन् । उपप्रमुख पदमा माओवादी केन्द्रकी मनकला चौधरीले १० हजार ८६ मत प्राप्त गरी कांग्रेसकी यशोदा थारुलाई पराजित गरेकी हुन् । थारुले १० हजार ४५ मत प्राप्त गरिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ