arrow

भरतपुरको यस्तो छ ताजा अपडेट 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ६ शुक्रबार
renu-vijay-jagannath.jpg

भरतपुर । भारतपुर महानगरमा रेणु दाहालले २० हजार मत नघाएकी छन् ।  

शुक्रवार बिहानसम्मको परिणाम अनुसार नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणुले २० हजार १४३ मत ल्याएकी छिन् ।

रेणु पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी हुन्। 

उनलाई नेकपा एमालेका विजय सुवेदीले पछ्याउँदै छन् । सुवेदीले १६ हजार ८७० मत ल्याएका छन् । रेणु दाहालले मतान्तर फराकिलो बनाउँदै लगेकी छिन् । रेणु ३२ सय ७३ मतले सुवेदी भन्दा अघि छन् । 

गठबन्धनलाई चुनौती दिएका नेपाली कांग्रेसका विद्रोही स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७ हजार ७५३ मत ल्याएका छन् । 

उपप्रमुखमा भने नेपाली २२ हजार ४०३ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले १३ हजार १६३ मत ल्याएकी छिन् ।   

भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८ सय ३९ मत खसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ