arrow

ललितपुरमा चिरीबाबु दह्रो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ६ शुक्रबार
chiribabu.jpg

ललितपुर । ललितपुर महानगरपालिकाका निवर्तमान मेयर चिरीबाबु महर्जन यो पटक पनि मेयरमा दह्रो देखिएका छन् । ललितपुरको विकासमा काम गरेका मेयर महर्जनलाई ललितपुरवासीले रुचाएका छन् । 

 नेपाली कांग्रेसका उम्मेदवार महर्जन नेकपा एमालेका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारभन्दा धेरै मतले अगाडि रहेका छन् । उनी ९ हजार ६५ मतले अगाडि रहेका छन् । 

पछिल्लो विवरणअनुसार, कांग्रेसका उम्मेदवार महर्जनले २१ हजार ९७ र एमालेका हरिकृष्ण व्यञ्जनकारले १२ हजार ३२ मत पाएका छन् ।  चिरीबाबुको यस्तै अग्रता रहने हो उनी ललितपुरको प्रमुख बन्ने देखिन्छ । 

उपप्रमुखमा नेकपा (एमाले)की मञ्जली शाक्यको अग्रता रहेको छ । एमालेकी उम्मेदवार मञ्जली शाक्यले ११ हजार ८४२ मत र नेकपा (माओवादी केन्द्र) का बाबुराजा बज्राचार्यले ८ हजार ३५४ मत पाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ