arrow

हेटौंडाले पायो पहिलो महिला 'प्रमुख', एमालेलाई हराउँदै गठबन्धनकी लामा विजयी

उपप्रमुखमा कांग्रेसका राजेश बानियाँ

logo
रविन्द्र गौतम
प्रकाशित २०७९ जेठ ७ शनिबार
hetauda-meyar-hamrakura.jpg

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले पहिलो पटक महिला प्रमुख पाएको छ । हेटौंडाको अन्तिम मतपरिणाम अनुसार हेटौंडा उपमहानगरपालिकामा गठबन्धन तर्फकी नेकपा एकीकृत सवाजवादिकी मीना कुमारी लामा विजयी भएकी हुन्।

शुक्रबार राति प्राप्त अन्तिम नतिजा अनुसार हेटौंडा उपमहानगरपालिकाको मेयरमा गठबन्धनकी उमेदवार नेकपा समाजवादीकि मीना कुमारी लामाले २३ हजार ७५ मत ल्याउदै विजयी भएकी छिन् । उनले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका अनन्त पौडेललाई २ हजार १६७ मतान्तरले पछी पारेकी छन् ।

एमालेका अनन्त पौडेलले २० हजार ९०८ मत प्राप्त गरेका छन् भने राप्रपाका दिपक बहादुर सिंह २० हजार ५३१ मत प्राप्त गर्दै तेस्रो स्थानमा सितित भए ।

त्यस्तै हेटौंडा उपमहानगरपालिकाको उपप्रमुखमा गठबन्धन तर्फका उम्मेदवार नेपाली कांग्रेसका राजेश बानियाँ विजयी भएका छन् । उनले ३२ हजार ५९३ मत प्राप्त गर्दै विजयी बनेका हुन् ।  निकटतम प्रतिद्वन्दी एमालेकी सुमित्र काफ्लेलाई ८ हजार ६८४  मतले पछी पार्दै उनले जित हासिल गरेका हुन् ।

उनले मतगणनाको सुरुवाती चरणदेखि नै फराकिलो मतान्तरले अग्रता लिइरहेका थिए । उनले हेटौंडामा एमालेको गढ मानिएका वडामा समेत लोकप्रिय मत पाएका थिए । एमालेकी काफ्लेले २३ हजार ९०९ मत प्राप्त गरेकी छिन् । त्यस्तै राप्रपाकी इन्दिरा न्यौपानेले ५४८६ मत प्राप्त गरेकी छिन् ।

हेटौंडाको मेयरका लागि ३ जनाको रोचक प्रतिष्पर्धा भएको थियो । हेटौंडा उपमहानगरपालिकामा कुल मतदाता संख्या १ लाख ४ हजार ६७३ रहेकोमा गत ३० गते सम्पन्न निर्वाचनमा ७३ हजार ४१४ मत खसेको थियो ।

हेटौंडाको १९ वटा वडा मध्ये नेपाली कांग्रेसले ८ वडा, नेकपा एमालेले ९ वटा वडा र नेकपा माओबादी केन्द्रले १ र नेकपा एकीकृत समाजवादीले १ वडा जितेको छ । हेटौंडा-१,२,३,६,७,८,१६र १७ मा कांग्रेसले बाजी मारेको हो भने वडा नम्बर ४,५, १०,११,१३,१४,१५,१८,१९ एमालेले जितेको छ । त्यस्तै वडा नम्बर १२ माओबादीले जितेको छ भने वडा नम्बर ९ समाजवादीको पोल्टोमा गएको छ ।

त्यस्तै मकवानपुरमा १० वटा स्थानीय पालिका मध्य सबैको मतपरिणाम सार्वजनिक भएको छ १० मध्ये एमालेले इन्द्रसरोबर गाउँपालिका र भीमफेदी गाउँपालिका मात्र जितेको छ अन्य ८ पालिकाका गठबन्धन विजयी भएको छ । जिलाको थाहा नगरपालिका र बागमती गाउँपालिकाको अध्यक्षमा नेकपा मावोबादी केन्द्रका उम्मेदवार विजयी बने भने मकवानपुर गढी,कैलाश,राक्सिरांग मनहरी र बकैया गाउँपालिकाका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार वुजयी भएका छन् ।

त्यस्तै जिल्लाको १० स्थानीय तहको १०२ वटा वडामा नेपाली कांग्रेसले ४४ वटा वडामा जित हासिल गरेको छ भने नेकपा एमाले ३३ वडामा, माओबादी २४ वडामा र नेकपा एसले १ वडामा जित हासिल गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ