arrow

शुद्धोधनको अध्यक्षमा लोसपाका कमलेश 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ८ आइतबार
suddhodhan.png

चन्द्रौटा । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । 

गाउँपालिकाका अध्यक्षमा लोसपाका कमलेश शरण चौधरी र उपाध्यक्षमा होमप्रकाश चौधरी निर्वाचित भएका छन्। 

चौधरीले चार हजार ४८१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका निसार अहमद खाँले चार हजार १८२ मत प्राप्त गरे। 

उपाध्यक्षमा निर्वाचित चौधरीले पाँच हजार १०३ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका चाँदनी चौधरीले तीन हजार २२३ मत प्राप्त गरिन् । 

शुद्धोधन गाउँपालिकाका ६ वडामध्ये नेपाली कांग्रेस तीन, लोकतान्त्रिक समाजवादी पार्टी दुई र माओवादी केन्द्र एउटा वडामा जितेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ