arrow

साँफेबगरमा कांग्रेसका कुँवर र समाजवादीका कुँवर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ९ सोमबार
rajendra-bahadur-kunwar-shiva-bahadur-kunwar-safebagar.jpg

अछाम । अछामको साँफेबगर नगरपालिकाको नेतृत्व नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रबहादुर कुँवरको हातमा गएको छ । कुँवर मेयरमा निर्वाचित भएका हुन् । उनले ७ हजार २६५ मत ल्याए । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी पशुपति कुँवरले ५ हजार ३९ मतमात्र ल्याइन् । 

त्यसैगरी उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका शिवबहादुर कुँवर विजयी भएका छन् । उनले ६ हजार ४३४ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रंग ठकुल्लाले ५ हजार ३१४ मत ल्याए । 

साँफेबगर नगरपालिकाका १४ वडामध्ये  नगर प्रमुखसहित ८ वडा कांग्रेस, ३ वडा एमाले, उपप्रमुखसहित १ वडा एकीकृत समाजवादी र २ वडा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

यसअघि २०७४ को निर्वाचनमा दुवै प्रमुख पद एमालेले जितेको थियो । एमालेले प्रमुख र उपप्रमुखसहित ८ वडा एमालेले जितेको थियो भने ६ वडा कांग्रेसले जितेको थियो । 



नयाँ