arrow

मौनताको महत्त्व

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १० मंगलबार
gautam-buddha1.jpg

एक दिन एक जना जिज्ञासु आए । उनको नाम मौलुंकपुत्र थियो । उनी एक महान् ब्राह्मण विद्वान थिए ।  पाँच सय शिष्य लिएर बुद्धकहाँ आए । पक्कै पनि उनीसँग धेरै प्रश्नहरू थिए।

बुद्धले उनको अनुहार हेरेर भन्नुभयो, ‘मौलुंकपुत्र, एक सर्त छ । यदि तिमिले सर्त पूरा गर्‍यौ भने मात्र म जवाफ दिन सक्छु। म तिम्रो टाउकोमा प्रश्नहरू गुन्जिरहेको देख्न सक्छु। एक वर्ष पर्ख। ध्यान गर, मौन बस। जब तिम्रो भित्री कोलाहल समाप्त हुन्छ, जब तिम्रो कुराकानी बन्द हुन्छ, तब तिमी जे पनि सोध्छौ म जवाफ दिनेछु। यो म प्रतिज्ञा गर्छु।'

मौलुंकपुत्र चिन्तित भए– एक वर्ष चुपचाप बस्नु, त्यसपछि यो व्यक्तिले जवाफ दिने । र कसलाई थाहा छ कि ती जवाफहरू सही छन् कि छैनन्? त्यसैले एक वर्ष पूर्ण रूपमा बरबाद हुन सक्छ। यि जवाफहरू पूर्णतया अर्थहीन हुन सक्छन्। के गर्नु पर्छ? उनी समस्यामा परे । उनी दोधारमा थिए ।  अनि बुद्धका अर्का शिष्य सारिपुत्र चर्को स्वरले हाँस्न थाले । उनी त्यहीँ नजिकै बसिरहेका थिए—उनी ठूलो हाँसो हाँस्न थाले। मौलुंकपुत्र झनै समस्यामा परे; उनले भने, "के कुरा हो ? किन हाँस्दै छौ ?"

सारिपुत्रले भने, “यिनको कुरा नसुन । यी धेरै धोखेबाज हुन्। उनले पनि मलाई धोका दिए । जब म आएँ। तिम्रो त मात्र पाँच सय शिष्य छन्। मेरो पाँच हजार थिए । म ठुलो ब्राह्मण थिएँ, देशमा ख्याति पनि थियो। यिनले मलाई प्रलोभन दिए; उनले भने, एक वर्ष पर्खनुहोस्। चुप लागेर बस ध्यान गर्नुहोस्। अनि सोध्नुहोस् र म जवाफ दिनेछु। र एक वर्ष पछि त्यहाँ कुनै प्रश्न बाँकी थिएन। त्यसैले मैले कहिल्यै केही सोधिन र उनले पनि जवाफ कुनै दिएनन्। सोध्ने मन छ भने तिमि अहिले सोध, म यी चक्करमा परे । यसरी नै मलाई धोका दिइयो ।

बुद्धले भन्नुभयो, "म आफ्नो वचनमा अडिग रहनेछु। यदि तिमि सोद्धौ भने जवाफ दिन्छु । यदि तिमीले सोधेनौ भने म के गरूँ ?”

एक वर्ष बित्यो, मौलुंकपुत्र ध्यानमा लागे। झनझन मौन भए । भित्री कुराकानी समाप्त भयो। भित्री कोलाहल रोकियो । एक वर्ष बितिसक्दा उनले सबै बिर्सिए । कसलाई मतलब? जब त्यहाँ कुनै प्रश्नहरू थिएनन्, कसले उत्तरहरूको चिन्ता गर्छ? एक दिन अचानक बुद्धले सोध्नुभयो, "यो वर्षको अन्तिम दिन हो। एक वर्षअघि आजकै दिन तिमि यहाँ आएका थियौ । र मैले तिमीलाई वाचा गरेको थिए कि एक वर्ष पछि तिमिले जे सोध्छौ, म जवाफ दिनेछु, म जवाफ दिन तयार छु। अब तिमी प्रश्न सोध ।"

मौलुंकपुत्र हाँस्न थाले र भने, “तपाईँले मलाई पनि धोका दिनुभयो । त्यो सारिपुत्र सही थियो। अब सोध्न कुनै प्रश्न बाकी रहेन । तब म के सोधूँ? मैले सोध्ने केही छैन।"

बुद्धले भन्नुभयो,' वास्तवमा यदि तिमि सत्यवादी छैनौ भने समस्याहरू छन्। थप प्रश्नहरू छन्। त्यो तिम्रा झूटबाट जन्मेका छन् - तिम्रो सपनाहरू, तिम्रो निद्राबाट जन्मिएका छन्। जब तिमि सत्य, प्रामाणिक मौन हुन्छौ तिनीहरू हराउँछन्।'

'मेरो बुझाइ यस्तो छ कि मनको एक अवस्था छ जहाँ प्रश्नहरू मात्र छन्; र त्यहाँ मनको अर्को अवस्था छ, जहाँ केवल जवाफहरू छन्। र तिनीहरू कहिल्यै सँगै हुँदैनन् । यदि तिमि अझै सोध्दै छौ भने, तिमिले उत्तरलाई ग्रहण गर्न सकेनौ । म जवाफ दिन सक्छु तर तिमि लिन सक्दैनौ । यदि तिमि भित्र प्रश्नहरू उठ्न छाडेका छन् भने, मलाई जवाफ दिन आवश्यक छैन: तिमिलाई जवाफ मिल्नेछ । कुनै प्रश्नको जवाफ दिन सकिँदैन। मनको यस्तो अवस्था प्राप्त गर्नुपर्दछ जहाँ कुनै प्रश्न उठ्दैन। मनको प्रश्नरहित अवस्था मात्र उत्तर हो।'

'त्यो ध्यानको सम्पूर्ण प्रक्रिया हो: प्रश्नहरू छोड्नु, भित्र चलिरहेको कुराकानी छोड्नु। जब भित्री कुराकानी बन्द हुन्छ, त्यहाँ एक असीम मौन छाउँछ । त्यो मौनतामा सबै कुराको जवाफ भेटिन्छ। सबै कुरा हल हुन्छ - शाब्दिक रूपमा होइन, तर अस्तित्वगत रूपमा हल हुन्छ । कहीँ कतै समस्या रहँदैन ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ