arrow

देउवाले पढेको विद्यालयका अध्यक्षको निधन, बलायर लगायतका नेताले ओढाए कांग्रेसको झण्डा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ११ बुधबार
hariprasad.PNG

डोटी । समाज सेवी हरिप्रसाद पन्तको निधन भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि धनगढी स्थित नोभा हस्पिटलमा उपचार गराइरहेका पन्तको मङ्गलवार साँझ उपचारका क्रममा निधन भएको हो ।

स्व. पन्तको बुधबार कैलाली स्थित गोदावरीघाटमा हिन्दु परम्पराअनुसार अन्तिम दाहसंस्कार गरिएको छ । नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ परिषद् सदस्य समेत रहेका पन्तको पार्थिव शरीरमा कांग्रेस प्रदेश सभापति एवं पूर्वमन्त्री वीर बहादुर बलायर लगायतका नेताहरूले नेपाली कांग्रेसको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । सभापति बलायरले शिक्षा र सामाजिक क्षेत्रमा सक्रिय समाजसेवी पन्त पार्टीका लागि पनि आदर्श व्यक्ति रहेको बताउँदै उनको निधनले अपूरणीय क्षति पुगेको बताए ।

शिखर नगरपालिका-९ स्थायी घर भएका स्व. पन्त दर्जन बढी सङ्घ संस्थामा आबद्ध रहेका थिए । २००२ मा जन्मिएका पन्तले आफ्नो जीवनकाल सामाजिक क्षेत्रमै बिताएका थिए ।

उनले २०३२ सालमा परोपकार दान विभाग नामक सामाजिक संस्थाको स्थापना गरेका थिए । स्व. पन्तले प्रधानमन्त्री शेरबहादुर देउवाले अध्ययन गरेको सीताराम मावि उच्चाकोटको विद्यालय व्यवस्थापन समिति अध्यक्ष भएर काम गरेका थिए । 

उनी गणेश मावि जैन ली र सीताराम क्याम्पसका संस्थापक अध्यक्ष पनि हुन् । स्व. पन्तले सीताराम माविमा अध्ययन गर्ने विद्यार्थीहरूका लागि पेष्टालोजीको स्थापना गरेका थिए । 

स्व. पन्तले २०४९ सालमा स्थापना गरेको गैरसरकारी संस्था सामुदायिक विकास केन्द्र (सीडीसी) अहिले पनि सक्रिय रहेको छ । उनी यस्ता दर्जनौँ सङ्घ संस्थामा आबद्ध भएर सामाजिक क्षेत्रमा सक्रिय रहेका थिए ।

पन्तको निधन प्रति प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा जारी शोक वक्तव्यमा स्व. पन्तले पार्टीको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुका साथै सामाजिक, शैक्षिक क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गरेको उल्लेख छ ।

उनको निधनबाट पार्टीले एक अग्रज व्यक्तिको गुमाएको उल्लेख गर्दै पार्टी सभापति एवं प्रधानमन्त्रीले देउवाले गहिरो दुःख व्यक्त गरेको शोक वक्तव्यमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ