arrow

कर्णाली प्रदेशको आर्थिक विधेयक प्रमाणीकरण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १२ बिहिबार
tilak-paroyar-karnali-pradesh-pramukh.JPG

कर्णाली । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुख परियारले प्रमाणीकरण गरेको उक्त विधेयक अब ऐनमा परिणत भएको छ । 

कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको तेस्रो बैठकबाट ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक’ पारित भएको थियो ।

उक्त विधेयक उनले जेठ ११ गते नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरी जारी गरेको कर्णाली प्रदेश प्रमुखको कार्यालय, सुर्खेतका निमित्त सचिव भीमराज थानीले जानकारी दिए । 

यससँगै कर्णालीमा ३८ विधेयक प्रमाणीकरण भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ