arrow

लिपुलेक, लिम्पियाधुरा र कालापानी फिर्ता ल्याउनुपर्छ : प्रदीप ज्ञवाली

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १२ बिहिबार
pradeep-gyawali5.jpg

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले लिपुलेक, लिम्पियाधुरा र कालापानी फिर्ता ल्याउनु पर्ने बताएका छन् । प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै ज्ञवालीले यस्तो बताएका हुन् । 

सभामा उनले मुलुकको बाह्य सम्बन्धमा गम्भीर विचलन देखा परेको बताए । उनले भने,' नीति तथा कार्यक्रमको बुँदा नम्बर ७ र १३९ मा हाम्रो मित्र राष्ट्रसँगको सम्बन्ध सुध्रँदै गरेको गलत सूचना दिइएको छ । भारतसँग हाम्रा सीमा समस्याहरू छन् । लिपुलेक, लिम्पियाधुरा र कालापानी भूभागलाई हाम्रो सदनले हाम्रो हो भनेर संवैधानिक र कानूनी हिसाबले आफ्नो स्पष्टता पारेको छ । त्यसलाई बार्तवाट फिर्ता ल्याउनुपर्नेछ ।' 

उनले युक्रेन र रुसद्वन्दले नेपालमा सङ्कट परेको बताए । उनले भने,' युक्रेन र रुसद्वन्द्वले हाम्रो देशलाई असर गरेको छ । युक्रेन सङ्कटले गर्दा इन्धनको मूल्य बढेको छ । सरकारले हप्तामा दुई पटक मूल्य बढाएको छ । यसले नागरिक र उपभोक्तामाथि ठूलो सङ्कट थपिएको छ । त्यसको असर जनतामा परेको छ । सङ्कट प्रति सरकार उदासीन छ । ' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ