arrow

वालेन्द्रले पदभार सम्हालेलगत्तै भेटे प्रधानसेनापतिलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १६ सोमबार
walendra-pradhansenapati-sharma.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख वालेन्द्र साहले प्रधानसेनापतिसँग भेटवार्ता गरेका छन् । प्रधानसेनापति महारथि प्रभुराम शर्मासँग जंगीअड्डा नै पुगेर भेटवार्ता गरेका हुन् । 

मेयरको शपथ लिएर कार्यभार सम्हालेलगत्तै सैनिक मुख्यालय जंगीअड्डा पुगेर प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका हुन् । भेटको क्रममा मेयर साहले विपद् व्यवस्थापनको क्षेत्रमा सेनाले पुर्याएको योगदानको प्रशंसा गरेका थिए । साथै राष्ट्रिय सुरक्षामा सेनाले पुर्‍याएको योगदानकोसमेत प्रशंसा गरे । 

भेटवार्ताको क्रममा प्रधानसेनापति शर्माले मेयर साहलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए । दुई जनाबीचको भेटवार्ताका क्रममा महानगरपालिका र नेपाली सेनाबीच सहकार्य गरेर अघि बढ्ने कुरामा मौखिक सहमति भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ