arrow

वालेन्द्रलाई प्रधानमन्त्री देउवाले भने - सरकारको तर्फबाट पूर्ण सहयोग रहन्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १८ बुधबार
balen-deuba.PNG

काठमाडौं । सरकारको तर्फबाट पूर्ण सहयोग रहने काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन्द्र साहलाई प्रधानमन्त्री शेरबहादुर देउवाले आश्वासन दिएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटार पुगेका कामपा प्रमुख वालेन्द्रलाई प्रधानमन्त्री देउवाले काठमाडौँ महानगरपालिकाको जुनसुकै समस्या समाधानका लागि सरकारको तर्फबाट पूर्ण सहयोग रहने बताएका हुन् । 

प्रमुख साहसँगको भेटका क्रममा आज प्रधानमन्त्री देउवाले महानगरको राम्रो कामका लागि आफ्नो पार्टी र सरकारको समेत पूर्ण सहयोग रहने बताए । 

भेटमा प्रधानमन्त्रीले साहलाई कामपाको प्रमुखमा विजय भएकामा बधाईसमेत दिए ।   

प्रमुख साहले नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ