- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास भएको बिहीबार ठिक २१ पुग्यो । राजपरिवारको नै एक रातमा हत्या भएको दिनलाई तत्कालीन समयमा कालो दिनको रूपमा लिइन्छ। एउटा देशको राजपरिवारलाई कसले हत्या गर्यो ? किन हत्या भयो ? होला भन्ने बिषय २१ बर्षसम्म पनि गौण छ । न देशमा राजा रहे न दरबार हत्याकाण्डै नै बाहिर आयो । यो विडम्बनामा सीमित हुँदै आएको छ ।
यस क्रममा आज जेठ १९ गते लुम्बिनी प्रदेश अन्तर्गत पर्ने पश्चिम जिल्ला बाँकेको नेपालगञ्ज स्थित वीरेन्द्र चोकमा दरबार हत्या काण्ड भएको २१ वर्षको अवसरमा राप्रपाका कार्यकर्ता युवाहरूले राजा वीरेन्द्रको शालिक राखे । तर, शालिक राखेको केहिवेरमा स्थानीय प्रहरीको टोली पुगेर राजा वीरेन्द्रको शालिक हटाउने क्रममा राप्रपाका कार्यकर्ता र प्रहरी बीच झडप भयो ।
राप्रपाका युवाले बिहीबार बिहान उक्त चोकमा स्व. राजा वीरेन्द्र शाहको शालिक राखेका थिए । प्रहरी प्रशासनले शालिक हटाउन बल प्रयोग गरेपछि भएको झडपले उग्र रूप लिने अवस्था सिर्जना भएपछि प्रहरीले केही राउण्ड हवाई फायर खोलेको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले राप्रपाका नेता कार्यकर्ताहरूले वीरेन्द्र चोकमा शालिक राखेको जानकारी आएको र केही समयमै प्रहरीले शालिक हटाउन खोज्दा दुई पक्षबीच झडप भएको र त्यस क्रममा प्रहरीले केही राउण्ड हवाई फायर समेत हानेको आफूलाई खवर प्राप्त भएको जनाए ।
यता, राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले आफूहरुले वीरेन्द्र चोकमा शालिक राखेको केही बेरमै प्रहरीले बल प्रयोग र हवाई फायर गरेर हटाएको भन्दै, प्रहरी प्रशासन नै राजा विरुद्ध उत्रेको बताए । उनले भने, हामीले सबै दलको नेतृत्वको सरकारले चलाएको देशको अवस्था पनि हेर्यौँ, एउटा राजाले भन्दा सयौँ राजाले झन् देशको अवस्था निकै कमजोर बनाउँदै लगेकाले अबको माग नेपाल र नेपालीको उत्थानका लागि राजा बाहेक विकल्प नरहेको जिकिर गरे ।