arrow

इगालाई फ्रेन्च ओपनको उपाधि, पुरुषतर्फ नदाल र रुड भिड्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २२ आइतबार
iga-swiatek-tennis-.jpg

काठमाडौं । विश्व नम्बर एक पोलिस खेलाडी इगा स्वेटेकले फ्रेन्च ओपन टेनिसको उपाधि जितेकी छिन् । पेरिसमा शनिबार भएको फाइनलमा अमेरिकन खेलाडी कोको गाउफलाई हराउँदै इगाले उपाधि जितेकी हुन् ।

२१ वर्षे इगाले १८ वर्षे कोकोलाई ६–१ र ६–३ को सोझो सेटमा पराजित गरिन् । सन् २०२० मा पनि फ्रेन्च ओपन जितेकी इगाको यो दोस्रो उपाधि हो । 

लगातार जीत संख्यालाई ३५ पुर्याएकी इगाले अमेरिकन खेलाडी सेरेना विलियम्सको बराबरी गरेकी छिन् । 

पुरुषततर्फको फाइनलमा सर्वाधिक सफल स्पेनिश खेलाडी रफाइल नदाल र नर्वेजियन टेनिस स्टार कास्पर रुड भिड्ने भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ