arrow

लोसपा सरकारमा जाने संकेत 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २३ सोमबार
deuba-thakur.jpg

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले सरकारमा जाने संकेत गरेको छ । गत शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच भेट वार्ता भएको थियो । त्यस बैठकपछि ठाकुर निकै उत्साहित भएका छन् । उक्त भेटवार्तामा ठाकुरले देउवासँग आगामी संसदीय निर्वाचनमा लोकतान्त्रिक शक्तिहरूले गठबन्धन या तालमेल गर्न प्रस्ताव गरेका थिए । 

सोमबार बसेको लोसपाका कार्यकारिणी समितिको बैठकमा अध्यक्ष ठाकुरले सरकारमा जान सक्ने संकेत गरेका थिए । एक सदस्यमा अनुसार बैठकमा उनले भनेका थिए, ‘सरकारमा जानु पर्यो भने संसद बाहिर भएका व्यक्तिलाई पठाआंै । चुनावको बेला सांसदहहरुले आफ्नो  क्षेत्रमा संगठन बढाउनु पर्नेहुन्छ ।’ 

ठाकुरबाट यस्तो प्रस्ताव आएपछि लोसपाका सांसदहरूले चर्को प्रतिवाद गरेका थिए । सरकारमा गएपछि सांसदहरुलाई पठाउनु पर्ने उनीहरुको तर्क थियो । त्यसपछि यो विषयमा धेरै बहस र छलफल भएन– ती सदस्यले भने । उनले भने, ठाकुरजीको यस भनाइबाट प्रधानमन्त्री र ठाकुरबीच केही न केही कुरा भएको हुनु पर्छ भन्ने बुझिन्छ ।’ 

अहिले रक्षा मन्त्रालय खाली छ । रक्षासहित २ जना मन्त्री थप्ने प्रधानमन्त्रीलाई सुविधा छ । किनभने अहिलेको मन्त्रिपरिषद् २३ सदस्यीय मात्र छ । त्यसमा पनि प्रधानमन्त्री कार्यालय हेर्ने गरी जिम्मा दिइएका राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्रीले चाहेको बेला फिर्ता  बोलाउन सक्छन् । यसबाट प्रधानमन्त्रीले ३ जना मन्त्री बनाउन सक्छन् । मन्त्रालय नपुगेमा एउटा मन्त्रालय फुटाउन पनि सकिन्छ’ स्रोतले भन्यो, ‘त्यसबेला सम्भवतः उर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालय फुट्छ ।’

लोसपाले मंगलबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने भएको छ । ज्ञापन पत्रमा लोसपाका नेताहरूले आफ्ना माग प्रस्तुत गर्ने भएका छन् । 

प्रधानमन्त्रीले लोसपाले राखेका मागहरू सम्बोधन गरेमा यो सम्बोधन गर्न प्रक्रिया अघि बढाएमा सरकारमा जान लोसपालाई बाटो खुला हुनेछ । देउवा र ठाकुरबीचको भेटमा देउवाले लोसपाले राखेका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको स्रोतको दाबी छ । 

यसको लागि प्रक्रिया अघि बढाउन मंगलबार ज्ञापन पत्र बुझाउन लागिएको लोसपा स्रोतले बतायो । 

तर लोसपाका नेता उमाशंकर अरगरैयाले भने सरकारमा जाने विषयमा पार्टीमा कुनै किसिमको छलफल नभएको जनाउँदै तत्काल त्यो सम्भावना पनि नभएको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ