arrow

बेपत्ता दुई युवक मृत फेला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २३ सोमबार
death_1618213452.jpg

बैतडी । बेपत्ता रहेका दुई युवक आज मृत फेला परेका छन् । दशरथचन्द नगरपालिका-१ खिराका ३४ वर्षीय प्रेमसिंह रावत र सिगास गाउँपालिका-३ तल्लोइनारका १९ वर्षीय घनश्यामसिंह धामी मृत फेला परेका हुन् । 

जेठ १७ गतेदेखि बेपत्ता रहेका रावत आज स्थानीय मएडा जङ्गल मृत फेला परेका बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक मोहन साउँदले जानकारी दिए । 

रावतको शव सडेगलेको र भिरमा अड्किएको अवस्थामा भेट्टिएको हो । बोल्न नसक्ने र सुस्त मनस्थिति भएका रावतको लडेर मृत्युु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

रावतको शव आफन्तको जिम्मा लगाइएको छ । 

यस्तै, धामीको शव सिगास-३ कै सल्लेबगडमा छाप्रेको रूखमा झुन्डिएको अवस्थामा भेट्टिएको हो ।

उनको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । 

दुवै घटनाबारे अनुसन्धान भइरहेकाले जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ