arrow

बाजुरामा मतदान सकिएको सूचना टाँसिएन, सांसदले मागे निर्वाचन आयुक्तको राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २४ मंगलबार
lalbabu-thapa.jpg

काठमाडौं । सांसद लालबाबु थापाले प्रमुख निर्वाचन आयुक्तसहित दुई आयुक्तको राजीनामाको माग गरेका छन् । मङ्गलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पुनः मतदानको निर्णय गरेको भन्दै राजीनामाको माग गरेका हुन् । 

उनले भने,' जेठ १२ गते प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया,आयुक्तहरू रामप्रसाद भण्डारी र ईश्वरीले बहुमतका आधारमा पुनः मतदानको निर्णय गरि जनताको अभिमत माथि अन्याय गरेकाले प्रमुख निर्वाचन आयुक्त थपलिया लगायत दुई जना आयुक्‍तहरुको राजीनामाको माग गर्दछु ।' 

उनले निर्वाचन सम्पन्न हुँदा पनि सूचना टाँस नगरिएको बताए । उनले भने,'बाजुराका बुडिगंगा नगरपालिका १,२, ३, ५,६,८,९ र १० मतदान कार्य सम्पन्न भई कानुनी प्रक्रिया पुराना गरि सम्बन्धित कार्यालयमा मतपेटिका बुझाइ सकेका छन् । उक्त वडाहरूमा कुनै पनि मतदान अधिकृतहरूले स्थानीय निर्वचन एन दफा ४० बमोजिम मतदान स्थगितको सूचना ठास गरेको छैन । मतदान अधिकृतले स्थगितको सूचना निर्वाचन अधिकृतलाई दिनुपर्नेमा निर्वाचन अधिकृतले त्यस्तो सूचना पनि पाएको छैन ।' 

दोस्रो स्थानीय निर्वाचन २०७९ मा कानुनी मान्यताको उल्लङ्घन गरि हदै सम्मको घृणित कार्य गरेको बताए । बाजुराका ९ वटै स्थानीय तहमा प्रहरी बल प्रयोग गरेको बताए। उनले भने,' सो बडामा प्रहरी फिर्ता बोलाइनु । निर्वाचन अधिकृतले पत्राचार गर्नु बेलुका जिला सुरक्षाको बैठक बसी उक्त वडाहरूको निर्वाचन रद्द गर्ने र पुन निर्वाचनको माग गर्नु आदि गर्न घृणित कार्य हो । यस्तो कार्यमा संलग्न गृहमन्त्री, गृह सचिव, आइजिपी, डिएसपी र सिडिओलाई हदै सम्मको कानुनी कारबाहीको माग गर्दछु ।'


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ