arrow

'बाइडेनको साउदी भ्रमणले तेल बजारको समस्या समाधान गर्दैन'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २६ बिहिबार
biden-saudi-mohammad-salman.jpeg

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले साउदी अरेबियाको भ्रमण गर्ने भन्ने समाचार गत हप्ता बाहिरिएपछि अब तेलको मुल्य घट्ने र वासि‌ंगटन र रियादबीचको सम्बन्ध बढ्ने अपेक्षा गर्न थालिएको थियो ।

मध्य पूर्वको भ्रमणका क्रममा बाइडेनले साउदीको भ्रमण गरे पनि स्थिति त्यति सरल नहुँदा तेलको मूल्य तत्कालै घट्नेमा भने आशंका गरिएको छ । शुक्रबार गोल्डम्यान साक्सका ऊर्जा विश्लेषक प्रमुख डेमियन कर्भालिनले सीएनबीसीसँग कुरा गर्दै विश्व र संयुक्त राज्य अमेरिकाको तेल समस्याको समाधान तत्काल हुने कुरालाई खारेज गरेका छन् ।

कर्भालिनले बजार संरचनात्मक घाटामा गएको बताउँदै साउदीले केही ब्यारेल अतिरिक्त तेल उत्पादन गरेपनि यसले तत्काललाई केही राहत गरे पनि दिर्घकालीन समाधान नगर्ने बताएका छन् ।

ओपेक प्लसले मासिक उत्पादनमा केही ब्यारेलको वृद्धि गर्ने निर्णयले अहिलेको तेलको मुल्य नियन्त्रणमा आपेक प्लसको शक्ति कम भएको कुरालाई संकेत गरेको छ ।

शुरुमा ४ प्रति दिन ४ लाख ब्यारेल उत्पादन गर्ने निर्णय गरेको ओपेक प्लसले मात्रा बढाएर गत हप्तादेखि प्रतिदिन ६ लाख ५० हजार ब्यारेल उत्पादन गर्ने निर्णय गरेको छ । केही पर्यवेक्षकहरुले यो निर्णयको प्रशंसा गरे पनि यो विषयसमेत निर्णय गरे जस्तो सजिलो देखिएको छैन । 

फाइनान्सियल टाइम्सले यस हप्ता रापिडन उर्जा समूहलाई उदृत गर्दै ओपेक प्लसले मुस्किलले जुलाई र अगस्तमा ६ लाख ४८ हजार ब्यारेल प्रति दिनको आंकडा छुन सक्ने जनाएको छ ।

ओपेक प्लस अन्तर्गत सहमति भए अनुसार ओपेकका मुलुकहरुले तेल उत्पादन गर्न सकेका छैनन् । अप्रिलमा ओपेकले प्रति दिन २७ लाख ब्यारेल तेल उत्पादन गरेको थियो, जुन सम्झौता भन्दा कम हो ।

आधिकारिक रुपमा पुष्टि हुनु र भ्रमण तालिका सार्वजनिक हुन बाँकी रहेको बाइडेनको साउदी भ्रमणका क्रममा यी तथ्यहरु त्यहाँ रहनेछन् । तर अहिलेका लागि यो एक योजनामा मात्रै सीमित छ र बाइडेनको भ्रमणको आलोचनासमेत भइरहेको छ ।

अमेरिकी संसदीय गुप्तचर समितिका अध्यक्ष एडम शिफले गत हप्ता सीबीएससँग बोल्दै पत्रकार जमल खशोग्गीको हत्यालाई अनुमति दिने साउदीको भ्रमणमा आफू भए नजाने र बाइडेनले समेत जान नहुने टिप्पणी गरेका थिए । बढ्दो उर्जाको मूल्यसँगै साउदीको भ्रमणलाई लिएर बाइडेनका भोटरहरु असन्तुष्ट बन्न थालेका छन् । 

'मध्य पूर्व क्षेत्रमा  इजरेल र साउदी अरेबियाको भ्रमण अमेरिकी जनताको लागि महत्त्वपूर्ण डेलिभरेबलको सन्दर्भमा हुनेछ,' ह्वाइट हाउसका प्रेस सचिव करिन जीन पियरेले गत हप्ता भनेका थिए । विदेशी नेतासँग संलग्न हुने बिषय अमेरिकी हितमा छ र त्यसले नतिजा दिनसक्छ भने बाइडेनले त्यसो गर्ने उनले बताएका थिए ।

यो भनाइ तेलको मूल्य घटाउने योजनामा स्पष्ट निर्दिष्ट नभएको र साउदीलेसमेत उल्लेख्य मद्दत गर्न नसक्ने टिप्पणी गरिएको छ ।

गोल्डम्यानका कुर्भालिनका अनुसार भूराजनीतिक कारणले गर्दा विश्वव्यापी तेल आपूर्ति जटिल बनेको र यो यस्तै रहने सम्भावना रहेको छ ।  रुसको तेल उद्योगलाई लक्षित गर्दै युरोपेली संघको प्रतिबन्ध, आफ्नो उत्पादनलाई निर्बाध राख्न लिबियाको निरन्तर संघर्ष र इरानी वार्ताहरू अघि नबढेको तथ्यलाई उनले तेलको आपूर्ति जटिल नै रहनेमा सम्भावनामा उठाए ।

यसको अर्थ भनेको अमेरिकी राष्ट्रपति या विश्वका जुनसुकै नेताले जे गरे पनि तेलको मुल्य उच्च नै रहने सम्भावना छ । उल्टै तेलको मूल्य झैं माथि जान सक्ने ठानिएको छ ।

कमोडिटी ट्रेडर्सका प्रमुख कार्यकारीले यस हप्ता एक फाइनान्सियल टाइम्ससँग बोल्दै भनेका छन्, 'हामीले एउटा गम्भीर अवस्था पाएका छौं। 'मलाई साँच्चै लाग्छ कि हामीसँग अर्को छ महिनाको लागि समस्या छ... एक पटक यो (तेलको मूल्य) यो प्याराबोलिकमा पुगेपछि मार्केट सर्छ र अझै बढ्न सक्छ ।'

ओपेक प्लसले सहमति भन्दा बढी तेल उत्पादन गर्न सहमत हुनुलाई कतिपयले साउदीको मुख चोखाउने बाटो मात्रै भएको भन्दै टिप्पणी गर्न थालेका छन् ।

चाखलाग्दो कुरा के छ भने साउदी राज्यले ह्वाइट हाउसले योजना गरिरहेको बाइडेन भ्रमणको बारेमा खासै कुरा गरेको छैन ।

साउदी पक्षबाट हालै एक सांसदले पहिला साउदीका सबै माग पूरा हुनुपर्ने भन्दै बाइडेनको भ्रमण जुलाईसम्मलाई स्थगित गरिएको टिप्पणी गरेका छन् ।

यसले सफल हुने निश्चित नभएको तेलको मूल्य घटाउने योजनाका लागि वासि‌ंगटन कतिसम्म जानसक्छ भन्ने किसिमले समेत हेरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ