arrow

अर्थमन्त्रीलाई सदनमा नदेखेपछि भीम रावलले भने- वहाँलाई आजै अस्पताल लगियोस् 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २६ बिहिबार
bhim-rawal-mcc-.jpg

काठमाडौं ।   नेकपा एमालेका सांसद भीम रावलले अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिनिधि सभामा नदेखेपछि आक्रोशित बने ।  उनले भने,' प्रतिनिधि सभाको सदस्यको हैसियतले जनताको प्रतिनिधिको हैसियतले यो जबाफदेही व्यवस्था हो भन्ने स्मरण गराउन चाहन्छु । देशको अर्थतन्त्र सङ्कटग्रस्त छ । हामी यसमा छलफल गर्दै छौ अर्थमन्त्री हुनुहुन्न ।'

सोही समय सभामुख अग्नि सापकोटाले अर्थमन्त्री आएर आफूलाई जानकारी गराएर गएको बताए । उनले भने,' मेलै आँखाले पनि देखे उहाँ अस्वस्थ हुनुभएर बिदा मागेर जानु भएको छ र  माननीय शिक्षामन्त्रीलाई वहाँले मेरो मन्त्रालयमा उठेका कुराहरू टिपोट गर्न भनेर जानुभएको छ । यो मानवीय कुरालाई ख्याल राखौँ ।'

त्यो सुनेपछि भीम रावलले भने,'सम्माननीय सभामुख महोदयबाट अब माननीयकै दृष्टिकोणबाट बजेट बनाउँदा थकाइ पनि लाग्यो होला के भयो कसो भयो । वहाँलाई बिसन्चो छ भन्दा सदनबाट प्रतिनिधि सभाको सदस्यको हैसियतले माननीय अर्थमन्त्रीको सुस्वास्थ्यको कामना गर्न चाहन्छु । वहाँलाई काठमाडौंको सबैभन्दा राम्रो अस्पतालमा लगेर यो बजेटमा उठेका प्रश्नको जवाफ दिने गरि वहाँको आजै अस्पतालमा लगेर परीक्षण गराइ वहाँलाई स्वास्थ्य बनाइ हामीलाई जानकारी गराइयोस् भनेर हार्दिक अनुरोध गर्न चाहन्छु ।' 

उनले त्रिविको ताला खोल्न माग गरे ।  



नयाँ