- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अनुपम फुडल्याण्ड एण्ड ब्यांक्वेटले काठमाडौं महानगरपालिकाको योजनाअनुसार आफ्ना शाखाहरुका शौचालयहरूलाई निःशुल्क सार्वजनिक शौचालयको रूपमा उपलब्ध गराउने भएको छ ।
काठमाडौं महानगरपालिकाको ‘स्वच्छ, सफा र व्यवस्थित काठमाडौं’ तथा हाम्रो एक प्रयास, हाम्रो आफ्नै वडाबाट स्वच्छ र सफा काठमाडौं योजनाअनुसार तत्कालको समस्या समाधानका लागि अनुपमका शाखाहरुमा निःशुल्क रूपमा सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्न सक्ने अनुपमका संचालक कृष्ण पौडेलले बताएका छन् ।
उनले भने, ‘तत्कालको लागि सार्वजनिक शौचालयको अवधारणालाई योगदान दिन सकिन्छ भनेर महानगरको सत्कर्ममा अनुपम जोडिएको हो ।’
पौडेलका अनुसार अनुपमका उपत्यकामा तीन वटा शाखाहरु रहेका छन् । ती सबैमा नागरिकले सार्वजनिक शौचालयका रुपमा निःशुल्क प्रयोग गर्न पाउने छन् ।
अनुपमका अनुपम फुडल्याण्ड एण्ड व्यांक्वेट (बत्तीसपुतली, गौशाला), दियालो फुडल्याण्ड बेकरी (बसुन्धरा) र दियालो फुडल्याण्ड शेषमती बालाजु रहेको छ ।
काठमाडौं महानगरपालिकाको नगर कार्यपालिकाको जेठ १६ गतेको निर्णयअनुसार सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्याउन गरेको आह्वान अनुरूप अनुपमले आफ्नो ऐक्यबद्धता जनाएको हो ।
महानगरले शौचालय सार्वजनिक प्रयोगको लागि भएको सूचना सहितको सङ्केत बोर्ड स्पस्ट देखिने गरी उपयुक्त ठाउँमा जडान गर्ने अनुपमले जनाएको छ ।
अनुपमले सार्वजनिक प्रयोगका लागि सञ्चालनमा ल्याउने सार्वजनिक शौचालयको सरसफाइ र आवश्यक सामानहरूको व्यवस्था सामाजिक उत्तर दायित्व अन्तर्गत स्वयंले गर्नेछ ।