arrow

अशान्त न्यूरोड [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १० बुधबार
newroad-not-peace-(16).jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यूरोडका क्षेत्रमा पार्किङ निषेध गरेपछि व्यवसायी आन्दोलित भएका छन् । नगरपालिकाले आफूहरुसँग परामर्श नै नगरी एक्कासी पार्किङ निषेध गरेको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन् । 

उनीहरुले सरोकारवालाहरुसँग परामर्श नगरी धर्मपथ, जुद्धसालिकदेखि इन्द्रचोक तर्फको सडक खण्ड खिचापोखरी, प्युखा, महाबौद्ध, पाको लगायतका क्षेत्रमा सञ्चालित पार्किङ्ग निषेध गरिएको भन्दै आपत्ति जनाएका हुन् । 

उनीहरुले व्यवसाइि अन्यायमा परेको भन्दै यो निर्णय फिर्ता लिन मागसमेत गरेका छन् । 

महानगरपालिकाको गुरु योजना तथा गौरवको योजना अनुरुप ‘रोजगारी र आय वृद्धि, काठमाडौं समृद्धि’ भनी रहदाँ हाल यो निर्णयले नेपालको प्रमुख व्यावसायिक केन्द्रबाट व्यवसायहरु पलायन हुन बाध्य हुने उनीहरुको तर्क छ । 

उनीहरुले महानगरको यो कदम नमान्ने बताइरहेका छन् । 

तर वीर अस्पताल लगायतका क्षेत्रमा निःशुल्क पार्किङ गर्न नदिने तर मिनेटका भरमा पैसा तिर्नुपर्ने बाध्यता खेपेका बिरामीका आफन्त भने थप अलमलमा परेको देखियो । 

newroad-not-peace (1).jpg
newroad-not-peace (2).jpg
newroad-not-peace (3).jpg
newroad-not-peace (4).jpg
newroad-not-peace (5).jpg
newroad-not-peace (6).jpg
newroad-not-peace (7).jpg
newroad-not-peace (8).jpg
newroad-not-peace (9).jpg
newroad-not-peace (10).jpg
newroad-not-peace (11).jpg
newroad-not-peace (12).jpg
newroad-not-peace (13).jpg
newroad-not-peace (14).jpg
newroad-not-peace (15).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ