arrow

महानगरले पार्किङ निषेध गरेपछि यस्तो भयो न्यूरोड [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ९ मंगलबार
newroad-neat-and-clean-(14).jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि न्यूरोडमा पार्किङ निषेध गरेपछि न्यूरोड निकै शान्त बनेको छ । न्यूरोड क्षेत्रको कालोपत्र सडकमा सवारी पार्किङमा रोक लगाएपछि त्यो क्षेत्र शान्त देखिएको हो ।  

महानगरले काठमाडौँ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्यूरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो ।
 
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले विकल्पमा काठमाडौँ टावरमा तीन सय वटा चार पाङ्ग्रे र सात सय ओटा दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने जानकारी दिए ।
 
पाण्डेले आजदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने बताए । उनले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरिने बताए । 

यसअघि झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरिसकिएको छ । 

newroad-neat-and-clean (1).jpg
newroad-neat-and-clean (2).jpg
newroad-neat-and-clean (3).jpg
newroad-neat-and-clean (4).jpg
newroad-neat-and-clean (5).jpg
newroad-neat-and-clean (6).jpg
newroad-neat-and-clean (7).jpg
newroad-neat-and-clean (8).jpg
newroad-neat-and-clean (9).jpg
newroad-neat-and-clean (10).jpg
newroad-neat-and-clean (11).jpg
newroad-neat-and-clean (12).jpg
newroad-neat-and-clean (13).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ